एजेन्सी । बार्सिलोना कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको 'प्लेयर अफ दि विक' अवार्ड जितेका छन् ।
च्याम्पियन्स लिगमा यस साता उत्कृष्ट खेलाडी बन्दै मेस्सी 'प्लेयर अफ दि विक' चुनिएका हुन् ।
बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्राउन मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए ।
च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडविरुद्धको क्वाटरफाइनलको दोस्रो लेगमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । मेस्सीले दुई गोल समेत गरेका थिए ।
इन्ग्लिश क्लबविरुद्ध बार्सिलोनाले समग्रमा ४-० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
