• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
७५ लाई फर्केर हेर्दा : बन्धकमा नेपाली क्रिकेट
विश्वास थापा
आइतबार, वैशाख १, २०७६ विश्वास थापा
७५ लाई फर्केर हेर्दा : बन्धकमा नेपाली क्रिकेट

काठमाडौं । पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले प्राप्त गरेको सफलता लोभलाग्दो छ । एक पछि अर्को अन्तराष्ट्रिय सफलताले घरेलु खेलकुदमा क्रिकेटको बेग्लै रवाफ छ । तर शुन्य घरेलु संरचनामा बनेको क्रिकेटको विरासत कुनैपनि बेला ढल्न सक्छ, तासको घर जसरी ।

आजको दिनमा मैदानभित्र क्रिकेट नम्बर एक खेल हो भनेर कसैले दाबी गर्छ भने त्यसलाई अस्विकार गर्ने कुनै कारण छैन । तर मैदान बाहिर शुन्यता र अनिश्चितताले घेरिएको कुन खेल भनेर प्रश्न गरियो भने सम्भवत क्रिकेटले चित्रनै अगाडी देखिनेछ ।

गत बर्षको सुरुवातमै निलम्बित भनिएको क्यानले आईसीसीको निर्देशन अनुसार संघको नयाँ विधान पारित ग¥यो, जस्ताको त्यस्तै ।

सो घटनाले क्रिकेट विवाद समाधानमा ठुलो फड्को मारेको अपेक्षा गरिएको छ ।

तर नयाँ बर्षको पहिलो दिनमा आएर गत बर्षको समिक्षा गर्दै गर्दा नेपाली क्रिकेट अहिलेसमेत त्यही अवस्थामा छ । जुन अवस्थामा हामीले विवाद समाधानको प्रक्रिया सुरु गरेको थियौ ।

पारित विधान अनुसार क्यानको नयाँ नेतृत्वको निर्वाचन गराउने कार्यादेश सहित आईसीसीले स्वतन्त्र कमिटि गठन गरेको थियो । आईसीसीका प्रतिनिधि सहित काठमाडौंमा बसेको स्वतन्त्र कमिटिको बैठकले क्रिकेट विवाद समाधानका लागि नयाँ रोडम्याप तयार गरेको होईन । तर घरेलु क्रिकेटका सरोकारवाला निकाय ईमान्दार नबन्दा नेपाली क्रिकेट अनिर्णयको बन्दी बनेर बसेको छ ।

नेपाली क्रिकेट कहाँ जान्छ, कहाँ पुग्छ, सबै रामभरोसामा छ ।

नेपाली क्रिकेटमा केही यस्ता पात्र छन्, जसलाई क्रिकेटको भविष्यको कुनै चिन्ता छैन । तर नेपाली क्रिकेटमा आफ्नो प्रभाव र उपस्थिती कस्ताे रहने भन्ने भयले सताएको छ ।

त्यही भयको बन्धकमा नेपाली क्रिकेट परेको छ । अभिभावक विहिन नेपाली क्रिकेटर अनिश्चित भविष्य बोकेर मैदान भित्र बल र ब्याट घुमाईरहेका छन् ।

त्यही बल र ब्याटको सफलता हरेक नेपाली आफु हुनुको गर्व गरिरहेका छन् ।

मैदान बाहिर नेपाली क्रिकेट शुन्य प्रगतिको साक्षी बसेपनि मैदान भित्र भने केही ऐतिहासिक सफलता नेपाली क्रिकेटले गत बर्ष प्राप्त ग¥यो । गत वर्षमा पुरुष क्रिकेटले २१ खेल खेल्यो । जसमा १३ खेलमा जित, ६ मा हार र २ बराबरीको नतिजा निकाल्यो ।

जसमा ४ खेल लिस्ट ए, ६ खेल एक दिवसीय र ११ टी–ट्वान्टी थियो ।

एक दिवसीय मान्यता पाएपछि पहिलो पटक तीन देशबीचको टी–ट्वान्टी सिरिज खेल्दै बर्षको सुरुवात गरेको थियो ।

क्रिकेटको जननी मानिने इङ्ल्याण्डको लर्ड्समा विश्वको पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लबबिरुद्द जित निकाल्दा नेदरल्याण्डसबिरुद्दको खेल बर्षाले अवरुद्व बनेको थियो ।

ऐतिहासिक एक दिवसीय खेल खेल्न इङ्ल्याण्डबाट शिधै नेदरल्याण्डस प्रस्थान गरेको नेपालले २ एकदिवसीय सिरिजमा बराबरीको नतिजा आत्मसाथ गरेको थियो ।
पहिलो एक दिवसीय खेलमा ५५ रनको हार ब्येहोरेको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित दर्ता गरेको थियो । सो जित नेपालको पहिलो एक दिवसीय जित थियो ।

सो भ्रमणमा पहिलो एकदिवसीय खेल खेल्दै नेपाली लिजेण्ड शक्ती गौचनले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिए । सोही समय रोहित कुमार पौडेल १५ बर्ष ३ सय ३५ दिनमा एक दिवसीय खेलमा डेब्यु गर्दै विश्वका चौथो कान्छा खेलाडी बन्न सफल भए ।

एक दिवसीय मान्यता पाएका कारण नेपालले एसिया कप छनोट खेल्ने मौका पाएको थियो । सो छनोट पारे गरेको भए नेपालले टेस्ट मान्यता प्राप्त देशसंग प्रतिस्पर्धा गर्ने सुनौलो मौका पाउने थियो । तर खराब प्रदर्शनले नेपाल छनोट चरण पार गर्न असफल रह्यो ।

छनोट प्रतियोगिता नेपालको सबै भन्दा खराब प्रर्दशनले चित्रित भयो । नेपालले ५ खेलमा ३ मा पराजय ब्यहोरेको थियो । सो प्रतियोगितालाई लिएर कप्तान पारस खड्काको समेत ठुलो आलोचना भयो ।

एसिया छनोट खेलेको १ महिना नबित्दै नेपालले आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट छनोटको पहिलो चरणको खेल खेल्यो । त्यसमा बिजेता समेत बन्न सफल भयो । छनोटका ६ खेलमा नेपालले ५ खेलमा जित हात पार्यो भने १ खेल नतिजा बिहिन रहयो ।

७५ सालको बर्षको अन्तिम प्रतियोगिता बनेको युएई भ्रमण नेपालका लागि निकै सुखद रहयो ।

तीन खेलको एकदिवसीय र टी–ट्वान्टी सिरिज नेपालले पहिलो पटक जित्दै ईतिहास रच्न सफल भयो । सो सिरिजमा केही कीर्तिमान समेत बने ।

एक दिवसीय सिरिजमा सतक प्रहार गर्ने कप्तान पारस पहिलो नेपाली खेलाडी बने ।

युवा खेलाडी रोहित कुमार पौडेलले कम उमेरमा अर्धशतक प्रहार गर्दै विश्व किर्तिमान बनाए । उनले क्रिकेटमा भगवान मानिने सचिन तेन्दुलकर र पाकिस्तानका लिजेण्ड साहिद अफ्रिदीको रेकर्ड तोड्दै सो सफलता हात पारे ।

टी–ट्वान्टी सिरिजमा नेपाली युवा खेलाडी सन्दिप जोराले डेब्यु खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान रच्न सफल भए । दुवै सिरिजमा पहिलो खेल गुमाएको नेपालले अन्तिम दुई खेलमा जित हात पर्दै ऐतिहासिक सफलता हात पारेको थियो ।

गत बर्ष महिलातर्फ नेपालको प्रर्दशन औसत रह्यो । घरेलु क्रिकेटमा लगभग शुन्य अवस्थामा रहेको महिला क्रिकेटले थाइल्याण्डमा टी–ट्वान्टी प्रतियोगिता खेल्यो र उपविजेता बन्न सफल रह्यो ।

लगत्तै नेपालले विश्वकप छनोट खेल्यो । तर फाइनलमा थाइल्याण्डसंग पराजित हुँदा नेपालले विश्वकप छनोटको पहिलो चरण पार गर्न सकेन ।

अर्को मुख्य बिषय क्यान निलम्बनमा रहेको अवस्थामा नीजि क्षेत्रबाट क्रिकेटमा लगानी आउने क्रम सुरु भयो । त्यसैको आडमा थप फ्रेन्चाईज लिग घरेलु क्रिकेटमा थपिए । ।

डीपीएल, ईपीएल पछाडी अब पीपीएल फ्रेन्चाईज लिग सुरु भएको छ । यसले तहसनहस भएको घरेलु क्रिकेटलाई बचाउने काम गरेको छ, प्राण भरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP