• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
प्रदेश २ र प्रदेश ५ लाई सफलता
खेलपाटी संवाददाता
शुक्रबार, चैत २२, २०७५ खेलपाटी संवाददाता
प्रदेश २ र प्रदेश ५ लाई सफलता

काठमाडौं । राजधानीमा जारी यू-१६ क्रिकेट लिगमा प्रदेश २ र प्रदेश ५ ले जित दर्ता गरेका छन् ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहिबार प्रदेश २ ले प्रदेश १ लाई ६ विकेटले पराजित गर्यो ।

बिहिबार भएको पहिलो खेलमा प्रदेश १ ले टस जितेर ब्याटिङ गर्दै १५ ओभर ५ बलमा अलआउट हुँदै ७८ रन बनाएको थियो  । 

प्रदेश २ का विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश १ ले उच्च योगफल बनाउन सकेनन् । विशालले इनिङसको दोस्रो, तेस्रो र पाँचौ बलमा विकेट लिएका थिए । उनले शकिब अन्सारी र अभिषेक बराललाई एलबीडब्लू तथा अंकित श्रेष्ठलाई शून्यमै बोल्ड गरेका थिए । विशालले तेस्रो ओभरमा पनि समिर कार्कीलाई १० रनमा आउट गर्दै प्रदेश १ लाई २१-४ को दयनीय अवस्थामा पुर्याए ।

मध्यक्रममा कप्तान दिपेश कँडेलले ३३ रन जोडेपछि प्रदेश १ ले सम्मानजनक योगफल खडा गरेको थियो । उनले ३६ बलको सामना गर्दै ६ चौका प्रहार गरे । ओपनर रुपक बरालले ८ तथा विपिन महतोले ६ रन जोडे । प्रदेश २ का लागि म्यान अफ द म्याच विशालले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । अरबाज अन्सारीले ३, निखिल सिंहले २ तथा सतिश यादवले १ विकेट लिए ।


प्रदेश १ ले दिएको ७९ रनको लक्ष्य प्रदेश २ ले १६ औं ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । प्रदेश १ का कप्तान दिपेश कँडेलले सुरुवाती ३ विकेट लिएपनि साहिल कुमार पटेल र पर्शुराम यादवले साझेदारी गरेपछि प्रदेश २ ले सहज जित दर्ता गर्यो । दिपेशले इमरान शेखलाई ४, रोहनराज विकलाई १ तत्थ मेघराज महरालाई शून्यमा पेभेलियन फर्किए ।

साहिल र पर्शुरामले चौथो विकेटका लागि ५८ रनको साझेदारी गरे । साहिलले ३८ बलमा ३५ रन जोड्दै दिपेशकै बलमा बोल्ड भए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पर्शुरामले ३३ बलमा ३ चौकाको मदतले नटआउट २६ रन जोडे ।

यस्तै प्रदेश ५ ले पनि प्रदेश ६ लाई ६ विकेटले नै पराजित गर्यो ।

टस जितेर ब्याटिङ रोजेको प्रदेश ६ ले २४ ओभर २ बलमा अलआउट हुनुअघि ७१ रन जोडेको थियो । निकै खराब सुरुवात पाएको प्रदेश ६ का तल्लोक्रमका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडेपनि बलियो योगफल भने खडा गर्न सकेनन् ।

ओपनर मोहन जीसी १, पारस खड्का ५ र सन्दीप जंग शाहीलाई शून्यमा गुमाएको प्रदेश ६ ले एक समय २० रनको स्थितिमा ५ विकेट गुमाएको थियो । प्रदेश ५ का रमेश कुर्मीले ६ ओभरमा मात्र ७ रन खर्चेर ३ मेडनसहित ४ विकेट लिएपछि प्रदेश ६ ले कमजोर सुरुवात पाएको थियो ।

कप्तान विभान मगर १०, प्रणव बदेल १ र युनिष सिंह ७ रनमा आउट भएपछि मध्यक्रम पनि धराशायी बनेको थियो । लगातार विकेट गुमाएपछि प्रदेश ६ ४१-९ को स्थितिमा पुगेको थियो ।

दशौँ विकेटका लागि युवराज खत्री र बेनित खत्रीले ३० रनको साझेदारी गर्दै प्रदेश ६ लाई राम्रो स्कोरसम्म पुर्याए । युवराजले ३३ बलमा २ चौकासहित १७ रन जोडे । बेनित २८ बलमा १० रन जोड्दै नटआउट रहे ।

त्यसअघि विमल जंगमल्लले १८ बलमा ३ चौकासहित १३ रन जोडेका थिए । प्रदेश ५ का लागि रमेशको ४ विकेटसँगै सुरज खड्का र प्रकाश गिरिले २-२ तथा अभिषेक गौतम र सिराज गैरेले १-१ विकेट हात पारे ।

जवाफमा प्रदेश ५ ले १३ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर अमर मिश्रालाई शून्यमा गुमाएपनि सुशान्त थापाले नटआउट ३१ रन जोडेपछि टोलीले सहजै जित हात पार्यो । उनले २९ बलको सामना गर्दै ४ चौका प्रहार गरे । उनलाई ८ बलमा २ चौका र १ छक्कासहित १६ रन जोडेका कप्तान विशालविक्रम केसीले राम्रो साथ् दिए । दिवस सेन्चुरीले ७ रन तथा प्रकाश गिरीले ९ रन जोडे ।

प्रदेश ६ का राजकुमार शाही, युवराज खत्री र युनिष सिंहले १-१ विकेट लिए । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP