काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द रहेको इन्डोनेसियन क्लब पर्सिजा जाकर्ताले एएफसी कपको तेस्रो खेलमा हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा जाकर्ता सेरिस नेग्रोससंग १-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा नेग्रोसलाई जित दिलाउन विएन्डभेनिदो मोरेजानले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।
जितसंगै समूह 'जी' को नेग्रोसले ३ खेलबाट ९ अंक जोडेको छ । र, नेग्रोस लिगको शीर्ष स्थानमा रहेको छ । पराजित जाकर्ताले ३ खेलबाट ४ अंक जोडेको छ । जाकर्ता दोस्रो स्थानमा रहेको छ ।

जाकर्ताले आफ्नो पहिलो खेलमा बेकमेक्स बिङ ड्रंससँग गोल रहित बराबरी खेलेको थियो । यस्तै दोस्रो खेलमा शान युनाईटेडलाई ३–१ गोल अन्तरले हराएको थियो ।