काठमाडौं । ओलम्पिक छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम पराजित भएको छ ।
बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसंग ३–१ गोल अन्तरले पराजित भएको हो ।
म्यानमारलाई जित दिलाउन विन थिंगी तुनले दुई गोल गरिन् । यस्तै यी यी ओले एक गोल गरे । नेपालका कप्तान निरु थापाले एक गोल फर्काइन् ।
खेलको २४ औं मिनेटमा यी ओ ले गोल गर्दै म्यानमारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा कप्तान निरुले गोल गर्दै नेपाललाई खेलमा फर्काए ।
तर, खेलको ४८ औं मिनेटमा तुनले पेनाल्टीमा गोल गर्दै म्यानमारलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा तुनले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई ३-१ को जित दिलाए ।
अब नेपालले दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।
म्यानमारमा कार्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।