एजेन्सी । भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले रियल स्टेट कम्पनी अमरापाली ग्रुपविरुद्व अदालतमा मुद्दा दायर गरेका छन् । पछिल्ला ६ बर्षयता आफ्नो ४० करोड रकम नदिएको भन्दै उनले अदालतमा मुद्वा दायर गरेका हुन् ।
रियल इस्टेट कम्पनीको लागि धोनीले ब्रान्डिङ र मार्केटिङको सम्झौता गरेका थिए ।
सन् २००९ मा सो कम्पनीसंग औपचारिक हस्ताक्षर गर्दै उनले कम्पनीको मार्केटिङ र ब्रान्डिङको जिम्मेवारी लिएका थिए । तर सो कम्पनीले आफ्नो पारिश्रमिक नदिएको धोनीको दाबी छ ।

केही समय अघि सो कम्पनीमा ४६ हजार व्यक्तिले फ्लाट किनेको तर कम्पनीले फ्लाट प्रदान नगेरेको भन्दै क्षतिपूर्तिको माग गरेका थिए ।
कम्पनीले करिब ४० करोड रकम भुक्तानी गर्न बाँकी रहेको धानीले बताएका छन् ।
धोनीले अदालत समक्ष आफु र कम्पनीबीच भएको सम्झौताको पत्र समेत पेश गरेका छन् ।
अदालतले फेब्रुअरी २८ मा अमरापाली कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशकलाई हिराशतमा राख्न आदेश दिएको थियो ।