• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीप, दिल्ली र मुम्बई आईपीएल क्रिकेट
खेलपाटी संवाददाता
आइतबार, चैत १०, २०७५ खेलपाटी संवाददाता
सन्दीप, दिल्ली र मुम्बई

काठमाडौं । शनिबार सुरु भएको बहुचर्चित टी-ट्वान्टी क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण नेपाली क्रिकेट प्रेमीहरुको लागि विशेष रहेको छ । किनकी, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आईपीएलमा लगातार दोस्रो सिजन आफ्नो जादु देखाउने छन् ।

नेपालका ग्लोबल आइकन सन्दीपले आईपीएलको डेब्यु सिजन ५ विकेट लिएका थिए । उनले ३ खेलमा उच्च प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । डेब्यु सिजन सुरुवाती खेल खेल्न नपाएका सन्दीपले अन्तिम तीन खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए । जसको कारण सन्दीपले त्यसपछि विश्वका धेरै फ्रेन्चचाइज टी-ट्वान्टी लिगमा पाइला चाल्न सफल भए ।

आईपीएलमा डेब्यु गरेपछिको एक बर्ष नबित्द्दै सन्दीपले धेरै लिगमा खेल्ने मौका पाए र उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले आईपीएलमा डेब्यु गरेपछि फुर्सद नै पाएका छैनन् । आईपीएलपछि सन्दीपले क्यारेबियन प्रिमिएर लिग (सिपिएल), अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), क्यानाडाको ग्लोबल टी-ट्वान्टी, अफगानिस्तान प्रिमियर लिग लिग, बंगलादेश प्रिमिएर लिग, पाकिस्तान सुपर लिग र घरेलु प्रतियोगितामा विभिन्न टिमबाट आफ्नो प्रतिभा देखाईसकेका छन् ।

यसबीचमा सन्दीपले ३६ टी-ट्वान्टी खेलमा ४५ विकेट हात पार्न सफल भईसकेका छन् । र, विश्वका चर्चित लिगमा सन्दीपले गरेको प्रदर्शनको कारण दिल्ली क्यापिटल्सले सन्दीपलाई रिटेन गरेको थियो । गत सिजन सन्दीप २० लाख भारुमा अनुबन्ध भएका थिए । यस सिजन उनलाई दिल्लीले त्यहिँ मुल्यमा रिटेन गरेको हो ।

दिल्लीको टिमका सबैभन्दा कान्छा खेलाडी सन्दीप नै हुन् । सन्दीप रहेको दिल्लीले शनिबार मुम्बईको ईण्डियन्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । र, सन्दीपले पहिलो खेल नै खेल्ने प्रवल सम्भावना रहेको छ ।

डेब्यु सिजनमा मुम्बईविरुद्ध उच्च प्रदर्शन गर्दै सन्दीपको ३ विकेट लिएका थिए । यस्तै दिल्लीका केहि प्रमुख विदेशी खेलाडीहरु अन्तराष्ट्रिय खेलहरुमा व्यस्त रहेका छन् ।

दिल्ली र मुम्बईको अन्तिम भेटमा नेपालका सन्दीपको बलिङ फिगर ३ विकेट ३६ रन रहेको थियो  । तीन पटकको बिजेतालाई चौंथो पटक आईपीएलको प्ले अफबाट बन्चित गराउँदै दिल्लीलाई जित दिलाउन सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए ।

आफ्नो तेस्रो टी-ट्वान्टी खेलमा आक्रामक ओपनर सुर्यकुमार यादब, उत्कृष्ट अलराउन्डर कुर्नाल पाण्ड्या र विश्वका उत्कृष्ट फिनिसर केइरन पोलार्डलाई सन्दीपले आउट गरेपछि सन्दीपको नयाँ अध्याय सुरु भएको थियो । 

दिल्ली मात्र एक टिम हो, जो अहिलेसम्म आईपीएलको फाइनल पुगेको छैन । तर,  युवा खेलाडीको बाहुल्यता रहेको दिल्ली यस सिजन सन्तुलित टिम रहेको छ ।  यस सिजन दिल्लीको समर्थकहरुले कम्तिमा पनि प्ले अफमा पुग्ने आशा गरेका छन् ।

सन् २०१२ देखि दिल्लीले प्ले अफमा स्थान बनाउन सकेको छैन । आईपीएलको स्थापनामा सुखद सुरुवात गरेको दिल्लीले सुरुका २ सिजन सेमीफाइनलमा पुग्न सफल भएको थियो ।

आईपीएलको इतिहास हेर्दा मुम्बई निकै सफल टिम मानिन्छ । सन् २०१३, २०१५ र २०१७ को सिजन मुम्बईले उपाधिमा कब्जा जमाएको थियो ।

मुम्बईले तीन बिधाकै उत्कृष्ट खेलाडी कप्तान रोहित शर्मा, हार्दिक पाण्ड्या र जस्प्रित बुम्रालाई यस सिजन रिटेन गरेको छ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP