• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मार्च-१५ : नेपाली क्रिकेटको ऐतिहासिक दिन, कसरी भयो सम्भव ?
विश्वास थापा
शनिबार, चैत २, २०७५ विश्वास थापा
मार्च-१५ : नेपाली क्रिकेटको ऐतिहासिक दिन, कसरी भयो सम्भव ?

काठमाडौं । सन् २०१८ मार्च १५, जिम्बाबे ।

हरारेमा जारी एकदिवसीय विश्वकप छनोटबाट नेपाल बाहिरिसकेको थियो । सुपर सिक्समा पर्न असफल भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको थियो ।

तर, नेपालको लागि एक ऐतिहासिक सफलताको अवसर भने बाँकी थियो । त्यो थियो, 'एकदिवसीय अन्तराष्ट्रिय राष्ट्र' को मान्यता प्राप्त गर्ने अवसर ।

जसका लागि नेपाललाई छनोटको शीर्ष आठ भित्र पर्नु पर्ने बाध्यता थियो । यस्तोमा नेपाललाई एक जितले मात्र पुग्दैन थियो । अर्को खेलमा नेपाललाई अनुकुल हुनेगरि नतिजा आउनु पर्ने थियो ।

मार्च १५ अर्थात आजकै दिन प्ले अफमा नेपालले पपुवा न्युगिनीसंग खेल्दै थियो । अर्को खेलमा नेदरल्याण्ड्स र हङकङबीचको खेल हुँदै थियो ।

Image result for nepal vs png

प्लेअफमा नेपालले बलियो टोली पपुवा न्यूगिनीलाई सहजै ६ विकेटले पराजित गर्यो । पपुवा न्युगिनीलाई पराजित गरेपनि नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता निश्चित थिएन । अब नेपाललाई नेदरल्याण्ड्स र हङकङबीचको खेलमा आफु अनुकुल नतिजाको खाचो रह्यो ।

नेपाललाई भाग्यले पनि साथ दियो । उक्त खेलमा नेदरल्याण्ड्सले हङकङलाई ४४ रन पराजित गर्यो । र, नेपालले शीर्ष आठ भित्र पर्दै चार बर्षको लागि एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्यो । यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए नेपालको एकदिवसीय सपना केहि बर्ष लम्बिने थियो ।

अन्तराष्ट्रिय क्रिकेटमा पाइला चालेको २२ बर्षपछि नेपाली क्रिकेटले उक्त ऐतिहासिक सफलता पाएको थियो । उक्त सफलता नेपाली क्रिकेट र खेलकुद जगतले सधै सम्झने गर्छ ।
उक्त सफलताले सारा नेपालीलाई खुसी दिलाएको थियो । त्यसैले नेपाली खेलप्रेमीले मार्च १५ लाई सधै सम्झने गर्छ ।

एकदिवसीय मान्यता पाएको एक बर्षभित्र नेपालले एकदिवसीय र टी-ट्वान्टी सिरिज जितिसकेको छ । नेपालले दुई एकदिवसीय सिरिज खेल्दा एक सिरिज जितेको हो ।

गत महिना नेपालले युएईविरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेर एकदिवसीय मान्यताको सार्थकता पुरा गरिसकेको छ ।


पपुवा न्युगिनीविरुद्धको त्यो खेल -

पपुवा न्यूगिनीविरुद्धको खेलमा नायक थिए - युवा खेलाडी दिपेन्द्र सिंह ऐरी । दिपेन्द्रले उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै नेपाललाई सहज जित दिलाएका थिए ।
उनले बलिङतर्फ ४ विकेट हात पार्दा ब्याटिङमा पनि अर्धशतकीय इनिङ्स खेल्दै म्यान अफ दि म्याच घोषित भएका थिए ।

जिम्बाबेको हरारेमा टस जितेर बलिङ रोजेको नेपालले पपुवा न्यूगिनीलाई सुरुवातबाटै दबाबमा राखेको थियो । जसको कारण पपुवा न्युगिनी २७ ओभर २ बलमा अलआउट हुँदै ११४ रनमा समेटिएको थियो ।
पपुवा न्युगिनीलाई ससतैमा समेट्न दिपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर ४ विकेट लिए । यस्तै सन्दीप लामिछानेले २९ रन खर्चिएर ४ विकेट हात पार्दा सोमपाल कामी र करण केसीले एक एक विकेट लिएका थिए ।

पपुवा न्युगिनीबाट पाएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल पनि सुरुवातमै धर्मराएको थियो । मात्र ९ रन जोड्दा ज्ञानेन्द्र मल्ललाई १ रनमा गुमाएको नेपालले ३५ रन जोड्दा तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई २० रनमा गुमाएको थियो ।

तर, दिपेन्द्र र आरिफ शेखले चौथो विकेटको लागि ६७ रनको साझेदारी गर्दै नेपाललाई जितको बाटो देखाए । दिपेन्द्र ५० रनमा अविजित रहदा शेखले २६ रन बनाएर आउट भए ।
उक्त खेलमा अनिल साह ९ रनमा आउट हुँदा रोहित कुमार पौडेलले अविजित ३ रन बनाएका थिए ।

Related image

पपुवा न्युगिनीविरुद्ध जितपछि -

पपुवा न्युगिनीलाई हराएर एकदिवसीय मान्यताको आशासहित नेपाली टोली होटलतर्फ लाग्यो । तर, सबैको ध्यान नेदरल्याण्ड्स र हङकङबीचको खेलमा थियो ।

होटल पुगेको केहि बेरमा नतिजा आयो । नतिजा नेदरल्याण्ड्स मात्र नभई नेपालको पक्षमा पनि थियो । नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले हराएको थियो ।

नेदरल्याण्ड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त भएको थियो ।

नेदरल्याण्ड्सले जितेको खबर पाउने बित्तिकै सबै खेलाडीहरु तथा अफिसियलहरु खुसीले रोईरेहका थिए । किनकि सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले २२ बर्षपछि एकदिवसीय मान्यता प्राप्त गर्न सफल भएको थियो ।

डिभिजन ५ बाट यात्रा थालेको नेपालले त्यसअघि सन् २०१४ मा विश्वकप छनोट खेल्दै एकदिवसीय मान्यताको लागि प्रयास गरेको थियो । तर, न्यूजिल्याण्डमा भएको उक्त छनोटमा कमजोर प्रदर्शन गरेपछि नेपाल नवौँ स्थानमा सीमित हुँदै डिभिजन ३ मा घटुवा भएको थियो । त्यसबेला हङकङ, युएई, स्कटल्याण्ड र पपुवा न्यूगिनीले एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेका थियो ।

Image result for nepal vs png

नेपालले एकदिवसीय मान्यता पाएको दिन सम्झदा विश्वकप छनोटसम्म पुर्याउन महत्वपुर्ण भूमिका खेलेका करण केसीलाई समेत सबैले सम्झने गर्छन ।
डिभिजन २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा १ विकेटको सनसनी जितमा करण नायक बनेका बनेका थिए ।

अन्तिम विकेट बाँकी रहदा करणले ३१ बलमा ४२ रनको मद्दतले नेपालले क्यानडालाई हराउँदै डिभिजन एकमा उक्लनुका साथै जिम्बाबेको टिकट काटेको थियो ।

Photo -icc

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP