• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
परिवर्तित सन्दीपको टिम दिल्लीको 'उपाधि' योजना
खेलपाटी संवाददाता
शुक्रबार, चैत १, २०७५ खेलपाटी संवाददाता
परिवर्तित सन्दीपको टिम दिल्लीको 'उपाधि' योजना

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गत सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा डेब्यु गरे ।

दिल्ली डेयरडेभिल्सबाट आईपीएल क्रिकेटमा डेब्यु गरेका सन्दीपले १४ खेलमध्ये ३ खेल मात्र खेल्न पाए । तर, जति खेल खेल्न पाए सबै खेलमा कमाल गरे । ३ खेलमा प्रभावशाली प्रदर्शन गर्दै ५ विकेट लिए ।

आईपीएलबाट विश्वको फेन्चाइज टी-ट्वान्टी क्रिकेट लिगको ढोका खोलेका सन्दीप १० महिना भित्र ग्लोबल स्टार बनिसकेका छन् । सन्दीपले ठुला ठुला फेन्चाइज लिग खेलिसकेका छन् । सन्दीपले टी-ट्वान्टी क्रिकेट लिगका लागि विश्वमा एक फन्को लगाईसकेका छन् ।

सन्दीप नेपालकै सर्वाधिक सफल खेलाडी समेत बनिसकेका छन् । यस्तै विश्वका फेन्चाइज टी-ट्वान्टी लिग खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

सन्दीप सिजनको आईपीएल खेल्न आगामी साता दिल्ली जाँदै छन् । दिल्लीले सन्दीपलाई यस सिजनको लागि रिटेन गरिसकेको छ ।

दिल्ली क्यापिटल्स टिम कस्तो ?

गत सिजन अंक तालिकाको पुछारमा रहेको दिल्ली डेयरडेभिल्सले यो सिजनमा धेरै परिवर्तन गरेको छ । दिल्लीले नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स बनाएको छ । उसले नाम मात्र हैन एक हिसाबले टिम नै बदलेको छ ।

Image may contain: one or more people and people standing

आईपीएलको पहिलो २ संस्करणमा सेमिफाइनलको यात्रा तय गरेपनि दिल्लीले हालसम्म फाइनल यात्रा तय गर्न सकेको छैन् । त्यसैले आईपीएलको इतिहास हेर्दा दिल्ली एक असफल टिम देखिन्छ । दिल्लीले सन् २०१० को सिजन ४ पटक अंक तालिकाको पुछारमा रहेर प्रतियोगिता सकाएको छ । त्यसबीचमा दिल्लीले एक पटक मात्र प्ले अफमा स्थान बनाएको छ ।

अघिल्लो सिजन दिल्लीले टिम बलियो बनाउन कोलकाताबाट गौतम गम्भीरलाई अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको थियो । पहिलो खेलमा अर्धशतकीय इनिङ्स खेलेका गौतमले त्यसपछिका खेल खेल्न नसक्दा कप्तानी पद त्याग्नु परेको थियो । यस्तै गौतम धेरै खेलमा पेभेलियनमै बस्नु परेको थियो ।

गौतमको स्थानमा दिल्लीले श्रेएस आयरलाई कप्तानी दिएको थियो । जसमा उनी केहि सफल भएका थिए ।

दिल्ली यस सिजन पनि खेलाडीमा निकै हेरफेर गरेको छ । र, आफुलाई उपाधिको दाबेदारको रुपमा उभ्याएको छ । दिल्लीले शिखर धवन, अक्षर पटेल जस्ता खेलाडीलाई भित्र्याउँदा ग्लेन म्याक्सवेल जस्ता खेलाडीलाई छाडेको छ ।

बलियो पक्ष :
पृथ्वी श, ऋषब पन्त , श्रेएस आयर जस्ता भारतीय टोलीमा प्रभाव पार्न सफल युवा खेलाडी रहेका दिल्लीमा धवन र पटेल जस्ता अनुभवी खेलाडीको आगमनसंगै ब्याटिङ बलियो देखिएको छ ।

विदेशी खेलाडीका रुपमा कोलिन मुन्रो, कोलिन इन्ग्राम, कागीसो राबडा, ट्रेन्ट बोल्ट, क्रिस मोरिस जस्ता खेलाडीले गर्दा टिम सन्तुलन देखिएको छ । यस्तै टी-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपाली लेग स्पिनर सन्दीपले पनि दिल्लीलाई बलिङमा ठुलै योगदान दिन सक्ने छन् ।

कमजोर पक्ष :

सबै खेलाडीको तालमेल बनाउन नसक्नु दिल्लीको प्रमुख कमजोरी देखिंदै आएको छ । दिल्लीका स्पिनरहरु हाबी हुन् नसक्नु पनि एक कारण हो । आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका अमित मिश्रा जस्तो अनुभवी स्पिनरले दिल्लीका लागि खासै योगदान दिन सकेका छैनन् । अक्षर पटेलले पछिल्लो सिजना खस्कदो प्रदर्शन गरिरहेको छ ।

दिल्लीको प्रशिक्षक : रिक्की पोन्टीङ

दिल्लीको मालिक : जीएमआर ग्रुप र द जे एसडब्लु ग्रुपको संयुक्त लगानी

दिल्लीको टिम : श्रेएस आयर (कप्तान),पृथ्वी श, ऋषब पन्त, शिखर धवन, अमित मिश्रा, अवेश खान, हर्षल पटेल, राहुल टेवाटी , मनजोट काल्रा, कोलिन मुन्रो, कागीसो राबाडा, सन्दीप लामिछाने, ट्रेन्ट बोल्ट, कलिन इन्ग्राम, अक्षर पटेल, हनुमा विहारी, शेरफेन रदरफोर्ड, इशान्त शर्मा , केमो पल, जालज सक्सेना, अंकुस बेस, नथु सिंह, बन्दारो आइयप्पा

पहिलो चरणको खेल तालिका :

पहिलो खेल : मुम्बई इण्डियन्सविरुद्ध - मार्च २४, मुम्बई
दोश्रो खेल : चेन्नाइ सुपर किंग्सविरुद्ध - मार्च २६, दिल्ली
तेश्रो खेल : कोलकाता नाइट्स राइडर्सविरुद्ध - मार्च ३०, दिल्ली
चौथो खेल : किंग्स इलाभेन पन्जाबविरुद्ध - अप्रिल १, मोहाली
पाँचौ खेल : सनराइजर्स हैदराबादविरुद्ध - अप्रिल ४, दिल्ली

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP