• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीप लामिछाने- नेपाली क्रिकेटको ग्लोबल 'आइकन'
खेलपाटी संवाददाता
आइतबार, फागुन १९, २०७५ खेलपाटी संवाददाता
सन्दीप लामिछाने- नेपाली क्रिकेटको ग्लोबल 'आइकन'
तस्विर- आईसीसी

काठमाडौं । नेपालको कुल जनसंख्या मध्ये २५ लाखले क्रिकेट रुचाउछन् । यद्यपी, धेरै कमले मात्र १८ बर्षको उमेरमा सन्दीप लामिछानेले जति सफलता हात पारेका छन् ।

तीन बर्षअघि किर्तिपुरस्थित टियु मैदानमा सन्दीपले नामिबियाविरुद्ध खेल्दै सिनियर टोलीबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । तर, सन्दीप अहिले भारत, पाकिस्तान, अष्ट्रेलिया, क्यानाडा, हङकङ, युएई र वेष्ट इण्डिज जस्ता ठुला देशको टी-ट्वान्टी क्रिकेटका अभिन्न अंग बनिसकेका छन् ।

यति उचाईसम्म पुग्न सन्दीपलाई त्यति सजिलो भने थिएन । सबै भन्दा ठुलो चुनौती भनेको घर परिवारलाई मनाउनु वा विश्वास दिलाउनु नै थियो ।

'मेरो आमाबाबुले मलाई राम्रो विद्यार्थी भएको हेर्न चाहनुहुन्थ्यो ताकी म राम्रो पैसा कमाउन सकुँ,' दुबईमा पीएसएल खेलिरहेका सन्दीपले क्रिकइन्फोसंग भने, 'तर मसंग फरक विचारहरू थिए र मैले उहाँहरुसंग दुई-तीन बर्षको समय मागेँ ।'

क्रिकेट एकेडेमीमा आबद्द हुन सन्दीप आफ्नो आमा बाबाको अनुमतिमा विवाह गरेर गएका दिदीको घरमा गए । क्रिकेटर बन्ने सपनामा पहिलो कदम चालेका सन्दीपले आफुमा धेरै कुरा सुधार गर्नु पर्ने बुझे ।  त्यसैले बिहान चाडै उठेर अन्य सिक्न आउने खेलाडी भन्दा पहिले नै एकेडेमी पुग्ने गर्थे ।

'सुरु सुरुमा त मैले प्रशिक्षकसंग धेरै समय बिताउन पाइन् । किनकि बेलुका ४ बजे देखि ७ बजेसम्म क्रिकेट सिक्न आउने म जस्ता धेरै खेलाडी हुन्थे त्यसैले म दिउँसो १२ बजे नै एकेडेमी पुग्थे ताकि मैले अलि धेरै समय नेटमा र प्रशिक्षकसंग बिताउन पाउँ,' सन्दीपले सुरुवाती दिन सुनाए, 'मलाई अरु खेलाडी भन्दा फरक हुनु थियो । यसका मैले धेरै मिहिनेत गर्नु पर्छ भन्ने पनि थाहा थियो । त्यसैले म दिनको ७-८ घण्टा मेहेनत गर्ने गर्थे ।'

अरु भन्दा फरक खेलाडी बन्न सन्दीपले लेग स्पिन रोजेका थिए । सन्दीपलाई प्रकृतिले नै लेग ब्रेक र गुगली फाल्ने क्षमता दिएको थियो । तर, सुरुवातमा उनलाई सहि स्थानमा बल फाल्न भने निकै संघर्ष गर्नु पर्यो । निरन्तर सहि स्थानमा बल फाल्न उनले नेटमा धेरै समय बिताउने गर्थे ।

बंगलादेशमा सन् २०१६ मा सम्पन्न १९ औं संस्करणको यू-१९ विश्वकपका लागि नेपालली टोलीको छनोट चल्दै थियो ।

नेपालको तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दशानायाके देश भरबाट खेलाडी छनोट गर्ने क्रममा सन्दीपले सिक्ने एकेडमीमा आइपुगे । सन्दीपमा जे देखे प्रशिक्षक दशानायके उनीबाट प्रभावित भईहाले । 

'त्यो अविश्वसनीय थियो । किनकि कुनै समय थियो मैले मौका नै पाउदैन थिए र म एक्कासी यु-१९ विश्वकपको क्याम्पमा परे ।' सन्दीप सम्झिन्छन्, 'मलाई थाहा थियो मेरो लक्ष्यको बाटो लामो छ तर सिनियर टोलीको लागि खेल्ने चुनौती त्यहाँबाट सुरु भयो ।'

यू-१९ विश्वकपमा १४ विकेट लिंदै सन्दीप सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बने । त्यसको केहि महिनापछि हङकङमा हुने टी-ट्वान्टी बिलिट्ज प्रतियोगिता खेल्न सन्दीपलाई कोलुन कार्टूनसले बोलायो ।

सन्दीपले आफु अष्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कसंगै खेल्ने थाहा पाए । सन्दीपको क्षमता देखेर क्लार्क पनि प्रभावित भए र उनलाई सिड्नीको क्लब वेस्ट्रन सर्बर्बबाट खेल्न अष्ट्रेलिया बोलाए ।

गत वर्ष, जिम्बाबेमा भएको विश्वकप छनोट खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले नेपाललाई पहिलो पटक एकदिवसीय मान्यता दिलाउन समेत सफल रहे ।

सन्दीपले पहिलो पटक इन्डियन प्रिमियर लिगमा रिक्की पोण्टिङको प्रशिक्षणमा खेल्ने मौका पाए । सन्दीपले दिल्ली डेयरडेभिल्स हालको दिल्ली क्यापिटल्सबाट खेले । सन्दीपलाई दिल्लीले यस सिजनको लागि रिटेन समेत गरिसकेको छ ।

हाल पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका सन्दीपले ४ खेलबाट १० विकेट हात पर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

सन्दीपको हरेक खेल नेपाली समर्थकले नजिकबाट नियाल्ने गरेका छन् । उनको प्रदर्शनले अन्य खेलाडीलाई समेत हौसला मिल्ने गर्छ ।

'एक प्रेरणा बन्नु रमाइलो लाग्छ र आफ्नो मान्छेहरुलाई उनीहरुको छोराले पनि खेलबाट केहि गर्ने सक्छ भन्ने विश्वास दिलाउन पाउँदा खुसी लाग्छ,' सन्दीप भन्छन्, 'आफ्नो देशको प्रतिनिधित्व गर्नु एक सपना पुरा हुनु हो र म अझै अरु नेपाली खेलाडी अगाडी आएको हेर्न चाहन्छु र आफ्नो जीवनमा थुप्रै सफलता हात पर्नेमा आशावादी छु ।'

सन्दीपलाई मुख्य चिन्ता भनेको नेपाल क्रिकेटको पूर्वाधार र निलम्बित क्रिकेट संस्थाको रहेको छ । जसले गर्दा अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले प्रदान गर्ने सहयोगमा कटौती भएको छ । अहिले नेपाली क्रिकेट आईसीसी आफैले हेरिरहेको छ । निलम्बनमा परेपनि आईसीसीले नेपाललाई अन्तराष्ट्रिय क्रिकेटमा बन्चित गराएको छैन् ।

'जब म मेरो दिदीको घर नजिक खेल्ने गर्थे । म अझै सम्झिन्छु मेरो साथीको आमाले मलाई गली गर्नु हुन्थ्यो कि मसंग खेलेर उहाँको छोरा बिग्रिन्छ । तर, अहिले उहाँ नै मलाई उहाँको छोरालाई खेल्न प्रोत्साहन गर्न आग्रह गर्नु हुन्छ । त्यस्तो अफ्ठ्यारो दिन सम्झिदा मेरो आखाँ रसाउछ,' सन्दीपले करीयरको सुरुवात सुनाए ।

सन्दीप नेपाली खेलाडीहरुमा खेलप्रतिको माया धेरै रहेको बताउछन् । 'हाम्रो देशमा क्रिकेटमा ठुलो लगानी छैन् तर क्रिकेट प्रति माया गर्ने धेरै छन् । यस्तो अवस्था अन्य देशमा थियो भने खेलाडीहरू खेल्न छाड्ने थिए । तर नेपालमा कम सम्भावनाहरूको बावजूद पनि खेलाडीहरूले केवल खेलको प्रेमले मात्र खेल्ने गरिरहेका छन्, सन्दीपले भने ।

-इएसपीएन क्रिकइन्फोबाट साभार 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP