• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेटले बदलेको अफगानिस्तानको 'परिचय'
विश्वास थापा
शुक्रबार, फागुन १७, २०७५ विश्वास थापा
क्रिकेटले बदलेको अफगानिस्तानको 'परिचय'

एजेन्सी । 

अफगानिस्तान ।

नाम सुन्ने बित्तिकै सबैको मस्तिष्कमा द्वन्द्व, हमला, बम बिस्फोटको दृष्य आउछ ।

तर अवस्था फेरिदो छ ।

खेलुकदका माध्यमबाट अफगानिस्तानले अन्तराष्ट्रिय जगतमा आफ्नो पहिचान र परिचयलाई बदल्दै गएको छ ।

क्रिकेट र फुटबलमा अफगानिस्तानले हासिल गरेको सफलताले त्यसैको संकेत गर्छ ।

खेलमा यदी प्रेरणाको कथा बन्छ भने त्यो अफगास्तिानको क्रिकेट टोलीको लेखिनेछ । युद्व भोगेर बाहिर निस्किएको राष्ट्रको कथा ह्दयस्पर्शीसगै उत्तिकै मार्मिक छ ।
चार दशक गृहयुद्धमा होमिएको अफगानिस्तानका जनतालाई एकजुट बनाउने माध्यम बन्यो, खेलकुद । त्यसमा पनि क्रिकेटले अफगानिस्तानका सबैलाई एक स्थानमा ल्याउन ठुलो मद्दत गरेको छ ।

ईतिहासतर्फ फर्कदा सन् १९९० मा पाकिस्तानमा बसेका अफगानि शरणार्थीले क्रिकेटलाई निकै रुचाएका थिए । जब उनीहरु स्वदेश फर्किए, संगै ब्याट र बल समेत बोकेर फर्किए ।

तालिबान लडाकु समूहले अफगानिस्तानमा खेलमाथि लगाएको प्रतिबन्ध सन् २००० बाट हटाएको थियो । लगत्तै अफगानि टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट मान्यता पाएको थियो । यद्वपी सन् १९९५ मा अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) गठन भएको थियो ।

सन् २००९ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको अफगानिस्तानले २०१५ मा पहिलो पटक विश्वकपका लागि छनोट मात्रै भएन, पहिलो जित पनि आफ्नो पोल्टामा पार्न सफल रह्यो ।

सन् २०१५ को विश्वकपमा उसले स्कटल्याण्डलाई पराजित गर्दै विश्व क्रिकेट जगतको ध्यान आफुमा खिच्न सफल भएको थियो ।

आगामी वर्ष इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटका लागि अफगानिस्तान छनोट भइसकेको छ ।

Image result for afghanistan cricket in wc


नेपाल भन्दा धेरै पछाडी क्रिकेट खेल्न सुरु गरेको अफगानिस्तानले विश्व क्रिकेटमा आफुलाई अब्बल दर्तामा उभ्याईरहदाँ नेपाली क्रिकेट आईसीसीको निलम्बनबाट गुज्रिरहेको छ । क्रिकेट सुरुवात गरेको १६ बर्षमा टेस्ट मान्यता अफगानिस्तानले प्राप्त गर्दा पुराना देश नेपाल, नेदरल्याण्ड्स जस्ता एसोसियट राष्ट्र यसलाई टुलुटुलु हेर्न बाध्य छन् । १६ वर्षभित्र अफगानिस्तानको क्रिकेटमा प्राप्त गरेको उपलब्धिले सबैलाई आश्चार्य चकित पारेको छ ।

एकदिवसीय मान्यता पछि अफगानिस्तान निरन्तर उकालो लाग्दै गएको देखिन्छ, यो क्रम निरन्तर जारी छ । पछिल्ला दिनमा अफगानिस्तानले धेरै विश्व कीर्तिमान समेत बनाउन सफल भएको छ ।

अफगानिस्तानका युवा खेलाडी राशिद खान विश्व वरियतामा बलिङतर्फ टी–ट्वान्टीका नम्बर एक बलर हुन् भने एकदिवसीयतर्फ दोश्रो स्थानमा छन् । अलराउण्डरतर्फ उनी एकदिवसीयमा नम्बर एक स्थानमा रहेका छन् ।

उनी बाहेक अफगान टोलीमा अरुपनि विश्वस्तरीय खेलाडी छन् । पुर्वकप्तान मोहम्मद नाबी पाकिस्तानको एक शरणार्थी शिविरमा हुर्किएका थिए । चिर्पटको ब्याट र थोत्रो कपडाले बनाएको बलले उनले क्रिकेटको शोक पुरा गर्ने गर्दर्थे । अहिले उनी एकदिवसीय बलरका रुपमा विश्व वरियताको १५ औं स्थान र टी–ट्वान्टी र एक दिवसीयका अल राउण्डरतर्फ तेश्रो स्थानमा छन् ।

अफगानिस्तानको खेलकुदमा राजनीति हुदैन । सुरक्षाका कारण अफगानिस्तानले आफ्नो देशमा खेल्न नपाएपनि उनीहरुसंग नेपालमा भन्दा उच्चस्तरीय रंगशाला छन् । क्रिकेट बिकासमा एबीसी लगायत अफगान सरकार निकै सकारात्मक छन् ।

खेलको मेरुदण्ड मानिने घरेलु प्रतियोगिता लिस्ट ए र फस्ट क्लास ढाँचामा निरन्तर चलिरहन्छ । अफगानिस्तानले शारजाहमा गत बर्षबाट आफ्नो पहिलो टी–ट्वान्टी लिग खेल्न सुरू गरेको छ ।

अफगानी सरकार ठुला देशबाट विभिन्न विधाका प्रशिक्षक नियुक्त गरेर खेलाडीलाई अभ्यासमा कुनै कमी हुन दिदैन । खेलाडीहरु विभिन्न देशका फ्रेन्चाईज लिगमा ब्यस्त हुदाँ आर्थिक रुपमा मात्र नभएर उनीहरुको क्षमतासमेत निकै बढेको देखिन्छ । जहाँ अफगानिस्तानको खेल हुन्छ, समर्थक समेत उपस्थित भएर खेलाडीलाई साथ दिने गर्दछन् । जसले खेलाडीको हौसला बढाउन मद्दत गर्छ ।

Related image

अफगान क्रिकेटको सफलतामा केही हदसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को पनि सहयोग छ । बीसीसीआईले अफगान टोलीलाई नोएडास्थित क्रिकेट मैदान उपलब्ध गराउंदै आएको छ । जहाँ अफगानी खेलाडी अभ्यास गर्ने गर्छन् । त्यसबाहेक बीसीसीआईले अफगानिस्तानमा क्रिकेटको पुर्वाधार निर्माणमा आर्थिक सहयोग गर्ने गरेको छ ।

सन् २०१४ को टी–ट्वान्टी विश्वकपमा नेपालले अफगानिस्तानलाई हराएको नतिजा सबै क्रिकेट प्रेमी नेपालीमा ताजानै छ ।

त्यो सम्झदाँ अहिले कहानी लाग्न सक्छ । कारण, अफगानिस्तानले पछिल्ला केही बर्षमा गरेको प्रगतिले विश्व क्रिकेटका शक्तिशाली राष्ट्र आयरल्याण्ड, बंगलादेश, पाकिस्तान, जिम्बावे र श्रीलंका जस्ता देशलाई धुलो चटाउन सुरु गरिसक्यो ।

 

(एजेन्सीकाे सहयाेगमा) 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ ले जित्यो सिरिज
द्रविडले राजस्थान छाडे
द्रविडले राजस्थान छाडे
हिमालयन शेर्पाको संघर्षपूर्ण जित
हिमालयन शेर्पाको संघर्षपूर्ण जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP