काठमाडौं । सिन्धुपाल्चोकको थाङपालकोटमा पहिलो संस्करणको पाँचपोखरी थाङपाल अध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजना हुने भएको छ ।
आयोजक पाँचपोखरी थाङपाल गाउपालिका खेलकुद विकास समिति र थाङपालकोट युथ क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा फागुन १८ देखि २५ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
कुल १७ टिम रहने प्रतियोगितामा जिल्ला बाहिरबाट इलाम फुटबल क्लबले समेत प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्य क्लब स्थानीय क्लब रहने छन् । लिक कम नकआउटका आधारमा हुने प्रतियोगितामा हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले र उदयमान खेलाडीले समान पाँच पाँच हजार पाउने छन् ।
कुल ११ लाख खर्च हुने प्रतियोगिताको दर्ता शुल्क ८ हजार रहेको छ । प्रतियोगिताका सबै खेलहरु थाङपालकोटस्थित ढेप्चत पेमाथाङ समानता खेल मैदानमा हुनेछ ।