एजेन्सी । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एसी मिलान बराबरीमा रोकिएको छ । मंगलबार राति भएको पहिलो लेगमा मिलानले लाजियोसंग गोलरहित बराबरी खेलेको हो ।
लाजियोको मैदानमा भएको खेलमा बल पोजिसनमा पकड जमाएपनि मिलानले गोल गर्न सकेनन् । यस्तै घरेलु टोलीको आधा दर्जन प्रहार मिलानको गोलकिपरले विफल बनाई दिएका थिए ।

दुई टोलीबीचको दोस्रो लेग अप्रिल २४ मा मिलानको मैदानमा हुनेछ । विजेताले फाइनलमा फिरोयन्टिना र एट्लान्टाबीचको विजेतासंग खेल्नेछ ।