काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले एएफसी कप फुटबलको पहिलो खेलमा बराबरी खेलेको छ ।
मंगलबार भएको खेलमा जकार्ताले भियतनामको क्लब बिकमेक्स बिन डुवङसंग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदान गिलोरा बुङ कर्नु स्टेडियममा भएको खेलमा पाएको सुनौलो मौकाहरु गुमाउदा जकार्ताले अंक बाडेको हो ।
डुवङविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।

इन्डोनेसियन लिगमा उत्कृष्ट खेलाडी घोषित रोहित पुन: एक सिजनको लागि जकार्ता पुगेका हुन् । गत सिजन रोहितले जकार्ताबाटै खेलेका थिए ।