काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यु २१ टिमले अहिले मनिपुरसँग खेलिरहेको छ ।
एलएनआईपीई रंगशालामा जारी पहिलो हाफको खेल सकिदाँ नेपापलले २–० को अग्रता लिएको छ । नेपालको लागि दुबै गोल अभिषेक रिजालले गरेको हुन् ।
यो सँगै उनको प्रतियोगितामा ६ गोल भएको छ । मनिपुरबिरुद्ध नेपालले सुरुवातबाटनै खेल पकड बनायो । खेलको १९ मिनेटमा पहिलो गोल गर्याे । अनिल महर्जनले मिलाएको बलमा अभिषेकले गोल गरे ।

यस्तै खेलको दोस्रो गोल ३० औँ मिनेटमा सम्भव भयो । एरिक विष्टले मिलाएको बलमा अभिषेकले हेडिङ गोल गरे । आफ्नो पहिलो खेलमा मेघालयसंग ३–२ ले पराजित भएको नेपाली टिमले दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई पराजित गरेको थियो ।
दाेस्रो खेलमा नेपाली टिम ८–० ले विजयी बनेको थियो । नेपाली टिमको जितमा अभिषेक रिजालले ह्याट्रिक गर्न सफल भएका थिए ।
नेपाली टिमले नागल्याण्ड र मिजोरामसंग प्रतिस्पर्धा गर्न बाँकी छ । प्रतियागितामा नेपालको दुईखेलबाट ३ अंक रहेको छ ।