काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति चार खेल हुदैछ । पहिलो खेलमा वर्नलीले टोटेनहमलाई आतिथ्यता प्रदान गर्नेछ ।
वर्नलीको मैदानमा उत्रदै गर्दा टोटेनहमलाई आफ्ना स्टार स्ट्राईकर ह्यारी केनको आगमनले राहत दिन सक्नेछ । साथै टोटेनहमलाई शीर्ष स्थानका दुई क्लबमाथि दबाब बनाउने अवसर समेत प्राप्त छ ।
वर्नलीविरुद्व जित निकालेको खण्डमा टोटेनहम समेत उपाधि होडमा फर्कनेछ । टोटेनहमको २६ खेलबाट ६० अंक छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटी र लिभरपुलको समान ६५ अंक छ ।
आजै राति हुने अन्य खेलमा वर्नेमाउथले उल्भ्स, न्युक्यासलले हुडर्सफिल्ड र लेस्टर सिटीले क्रिस्टल प्यालेससंग प्रतिस्पर्धा गर्नेछ ।