काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटलब च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भारतको त्रिपुरा क्लबसंग प्रतिस्पर्धा गरिरहेको छ । एलएनआईपीई रंगशालामा सुरु भएको खेलमा नेपालले सुरुवाती अग्रता लिन सफल भएको छ ।
प्रिजेन तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । उनले नीतिन थापाको पासलाई सदुपयोग गर्र्दै गोल गर्न सफल भए ।
पहिलो खेलमा मेघालयसंग पराजित भएपछि मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले त्रिपुराविरुद्ध प्लेईङ सेट दुई खेलाडीलाई परिवर्तन गरेका छन् । उनले गोलकिपरमा विष्णु कुमार के सी र स्ट्राइकरमा प्रिजेन तामाङलाई मौका दिएका हुन् ।
प्रिजेन तामाङ मेघालयविरुद्ध परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
नेपालको सूरुवाती ११ :
गोलकिपर : विष्णु कुमार के सी
डिफेन्डर : छिरिङ गुरुङ (कप्तान), अशिम भुषाल, राजन गुरुङ, विश्वास उदाउ,
मिडफिल्डर : अनिल महर्जन, अभिषेक रिजाल, एरिक विष्ट,नितिन थापा
स्ट्राइकर : रेजिन सुब्बा, प्रिजेन तामाङ