बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
  4. /
  5. आठौंले समयको अनियमिततामा ‘ब्रेकथ्रू’ गर्छ : भीम ओली (अन्तरवार्ता)

आठौंले समयको अनियमिततामा ‘ब्रेकथ्रू’ गर्छ : भीम ओली (अन्तरवार्ता)

२०१९ फेब्रुअरी ११, सोमबारखेलपाटी संवाददाता

आठौंले समयको अनियमिततामा ‘ब्रेकथ्रू’ गर्छ : भीम ओली (अन्तरवार्ता)

प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ सालमा सूरु भएको राष्ट्रिय प्रतियोगिता सुरुवाती केही संस्करण छाडेर कहिल्यै नियमित हुन सकेन । प्रजातन्त्र पुर्नस्थापना पछाडी त राष्ट्रिय खेलकुद कहिल्यै दुई बर्षको अन्तरमा हुनै सकेन ।

घरेलु खेलकुद पुन एक पटक राष्ट्रिय खेलकुदको गोल चक्करमा छ । आठौं राष्ट्रिय खेलकुद कहिले हुन्छ ? यसको जवाफ कसैसंग छैन । समयले माघ मसान्त समाउन थालिसक्यो, तर खेल पदाधिकारी यसै बर्ष आठौं राष्ट्रिय खेलकुद सम्पन्न हुन्छ भन्न छाडेका छैनन् ।

गत बिहिबार मात्र आठौंको मिति सिफारिस गर्न राखेपको कार्यकारी समितिको बैठक बस्यो । तर समितिले मितिको बिषयमा निर्णय लिन सकेन । जसले निर्धारित समयमै राष्ट्रिय खेलकुद नहुनेमा आशंका बढाएको छ ।

यही सेरोफेरोमा केन्द्रित आठौं राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेश नम्बर ५ का खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीसंग खेलपाटीकर्मी हिम बिक्रम केसीले कुराकानी गरेका छन् ।

आठौं खेलकुदको मिति तोक्न कार्यकारी समितिको बैठक बस्यो तर यसपटक समेत मिति तोक्न सक्नु भएन । कारण के हो ?

कार्यसमितिको बैठक बिहिबार बस्यो । आठौँ राष्ट्रिय खेलकुद तयारीको सन्दर्भमा एजेन्डामा ब्यापक छलफल गर्याै । महत्वपुर्ण एजेन्डा भनेको आठौंको तयारी र त्यसको आयोजनालाई लिएर भएको हो ।

त्यसमा प्रदेश अन्तर्गतको खेललाई लिएर समेत छलफल भएको छ । जिल्ला छनोट भईसकेको छ । प्रदेश छनोट फागुन ३ गतेबाट १७ गते भित्र सक्ने निर्णय भएको छ । आठौं समेत पुर्व निर्घारित समयमै हुन्छ भन्ने बुझ्न आवश्यक छ ।

 ७३ सालको मंसिरमा प्रतियोगिता गर्छौ भनेर विराटनगरबाट झण्डा लिएर आएनु भएकाे थियाे । तर प्रतियोगिताको मितिका बिषयमा सम्बन्धित निकाय अझै मौन छ । मिति अझै तय भएको छैन । यसमा खेलाडी र खेलकर्मी कसरी आश्वस्त हुने ?

२०७३ सालमा आठौँ राष्ट्रिय तयारी मध्यपश्चिममा गर्ने गरि महामहिम राष्ट्रिपतिले झन्डा दिनुभएको थियो । सोही दिनबाट हामीले तयारी सुरु गरेका हो । आजका दिनसम्म हामी अहोरात्र लागि परेका छौ । मंसिरको २१ देखि २८ सम्म आयोजना गर्ने पुर्वनिर्धारित समय थियो ।

त्यसमा भौतिक पुर्वाधार समयमै पुरा नहुने देखिएपछि असोजको १५ मा बसेको बोर्ड बैठकले माघ वा फागुनमा समय अनुकुलता हेरेर मिति तय गर्ने निर्णयमा पुगेको थियो । सोहि कारण आठौंको मिति पटक पटक सरिरहेको छैन ।

एक पटक मात्र सरेको हो । मिति फेरी सार्ने पक्षमा हामी छैनौ । फेरि सर्याे भनेर भन्ने पक्षमा छैनौ । फागुन मसान्तसम्म प्रतियोगिता सुरु गर्ने तयारी गरिरहेका छौ ।

परिषद भित्रबाट यो बर्ष प्रतियोगिता आयोजना हुन नसक्ने सार्वजनीक अभिव्यक्ति आईरहेका छन् । यसै बर्ष प्रतियोगिता सम्पन्न हुने आधार के छ ?

स्थानिय तहमा आठौँ राष्ट्रिय खेलकुद नेपालगंजमा केन्द्रित मा केन्द्रित छ । नजिकै रहेको बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही लगायातका पाँच जिल्लामा भौतिक पुर्वाधारको काम भैरईरहेको छ ।

अनुगमग गर्ने काम गरिरहेका छौ । पछिल्लो विवरण अनुसार ८० प्रतिशत काम सकिएका छन् । केहि काम मात्र बाँकी छ । माघ मसान्तसम्म ९० प्रतिशत काम सक्छौ । बाँकी रहेका २–३ वटा प्रोजेक्ट फागुन मसान्तसम्म सक्छौ । त्यो बिशेष गरि नेपालगञ्ज रंगशालाको काम रहेको छ ।

भीआईपी प्याराफिट चिनियाँ कम्पनीले गर्ने भएकाले अलि ढिला भएको हो । केन्द्रमा जस्तो कुरा भएपनि नेपालगञ्ज लगायतका स्थानमा राम्रो काम भईरहेको छ । स्थानिय स्तरमा निकै तदारुपताका साथ काम भईरहेको छ ।

आन्तरिक रुपमा अरु काम समेत अघि बढाएका छौ । दुई बर्ष भित्र प्रतियोगिता आयोजना गर्न लक्ष्य हो । ७३ सालमा साताै‌ प्रतियोगिता भएकाले आठौं राष्ट्रिय खेलकुद कुनैपनि हालतमा ७५ सालभित्र हुन्छ । कुनै आशंका गर्न जरुरी छैन ।

प्रतियोगिता आयोजना गर्ने नाममा करोडौका पुर्वाधार निर्माणको काम किन लटरपटरमा सक्न प¥यो ? अर्को बर्ष सुविधाजनक तरिकाले प्रतियोगिता आयोजना गर्न पनि त सकिन्छ ?

प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्य राखिएको राष्ट्रिय खेलकुद कहिल्यै नियमित भएन । पहिलो संस्करण ३८ सालमा, दोस्रो ४० सालमा र तेस्रो संस्करण पोखरामा ४२ सालमा भएको थियो ।

त्यसपछि एकैपटक चौथो राष्ट्रिय खेलकुद १३ सालपछि ५५ सालमा नेपालगंजमा भयो । त्यसको १० वर्षपछि ६५ सालमा काठमाडौँमा आयोजना भएको थियो । ६८ सालमा मात्रै गएर छैठौं भयो । सातौँ राष्ट्रिय खेलकुद ७३ सालमा पुर्वाञ्चलमा आयोजना भयो ।

राष्ट्रिय खेलकुद नीति अनुसार प्रत्येक दुई दुई बर्षमा प्रतियोगिता आयोजना गर्ने उल्लेख छ । तर उद्वेश्य प्राप्त गर्न कहिल्यै सकेनौ । त्यो समयको अनियमिततालाई ‘ब्रेकथ्रू’ गर्न समेत ७५ सालमै राष्ट्रिय खेलकुद गर्न लागि परेका छौ । समय प्रतिको अनियमिता हामी तोड्न चाहन्छौं ।

नेपाली खेलकुद क्षेत्रमा लामो समययता आबद्व हुनुहुन्छ । नेतृत्व गरिरहनुभएको छ । तर ३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद अहिले आठौको गोलचक्करमा फसेको छ । खेलकुदको नेतृत्व गर्ने व्यक्तित्वको हिसावले कत्तिको हिनताबोध हुन्छ ?

ईतिहासले गहिरिएर समिक्षा गर्ला । को कत्ति दोषी भनेर समयले बताउला । हिजो गलत भए त्यसलाई सच्चाएर अगाडी बढ्ने हो । समग्र नेपाली खेलकुद र खेलाडीको भाग्य र भविष्य निर्धारण गर्ने राष्ट्रिय खेलकुद प्रत्येक दुई बर्षमा आयोजना गर्ने बिषयमा नेतृत्वमा बसेकाले गम्भिर भएर सोच्न पर्छ ।

त्यसैले हामी दुई बर्ष भित्र प्रतियोगिता आयोजना गर्नुपर्छ भनेर रात दिन खटिएका छौ । केहीले विभिन्न कारणले दुई बर्षमा नहोस भनेर लुकीछिपी भन्न सक्छन् तर साच्चिकै खेलप्रमीले नहोस भनेर भन्न सक्दैनन् ।

आठौंको नेतृत्व गरिरहनुभएको छ । अहिलेसम्म राष्ट्रिय खेलकुद के कारणले नियमित हुन सकेनन् भन्ने लाग्छ ?

रकम अभाव होला भन्ने मलाई लाग्दैन । तर अलिकति राजनीतिक हिसाब र नेतृत्वको क्षमताको बिषयले हाेला भने लाग्छ । खेलकुदमा अलि बढी राजनीति हाबी भयो भन्ने मेरो निष्कर्श हो ।

कुनैपनि एकल सरकारको पालामा दुई बर्षमा राष्ट्रिय खेलकुद आयोजना भएको देखिदैन । प्रजातन्त्र प्राप्ति पछाडी सरकारमा बस्नेले खेलकुदलाई राजनीतिक गर्ने थलो बनाएको बुझिन्छ ।

राजनीतिक सिकारसंगै असक्षम व्यक्तिको झुण्डले खेलकुद बिग्रिएको हो ?

परिषदमा हामी भन्दा पनि सक्षम नेतृत्व आएको देखिन्छ । हामी एक तह तलको नेतृत्व हौ । तर गर्नुपर्छ भने ईच्छा शक्तिका साथ काम गरिरहेका छौ । हिजोको नेतृत्वले त्यो गर्न सकने भनेर भन्ने पक्षमा म छैन । तर सरकारसग खेलकुदको महत्व बुझाउन सकिएन की ?

यसको राष्ट्रिय र अन्तराष्ट्रिय महत्व सरकारलाई बुझाउन नसक्दाँ राज्यको नेतृत्वले यसलाई प्राथमिकतामा नराखेको हो कि भन्ने लाग्छ ।


मुलुक अहिले दुई तिहाईको छ । खेलकुदमा समेत दुई तिहाईवाला नेकपाकै हालीमुहाली छ । मन्त्रालय, परिषद्देखि ओलम्पिक कमिटिसम्म नेकपाकै नेतृत्व छ । यस्तो सहज अवस्थामा खेलकुदको विकास नहुनु खेलकुदकै दुर्भाग्य हाईन ?

अहिले समेत हामीले खेलप्रेमी सुभचिन्तक खेलाडीको ईच्छा पुरा गर्न सकिएन भने सोही अनुसारको नीति तर्जुमा गर्न सकिएन भने हामी 'फेल' हुन्छौ ।

नेपाली खेलकुदले पाएको अवसरलाई वर्तमान नेतृत्वले कसरी बुझेको छ ?

यो हाम्रो सुवर्ण अवसर हो । त्यो नेतृत्वलाई समेत लागेको छ । तर कतै ढिला भएमा त्यसलाई समय अनुकुल बनाउन नेतृत्व लाग्नुपर्छ । अरु विकल्प हामीसंग छैन ।

अब पनि वर्तमान खेलकुदको नेतृत्व समस्या मात्र देखाएर भाग्न मिल्छ ?

त्यसो भएमा हामी असक्षम हौ भन्ने प्रमाणित हुन्छ, हामीले बोल्नै पर्दैन ।

फेरी आठौंमा फर्कौ । प्रतियोगिताको मितिको गाठो कहाँ अल्झिएको छ ?

अहिलेको व्यवस्थापनमा खेलाउन गाह्रो छैन । ठुला राष्ट्रिय भौतिक पुर्वाधार निर्माणको काम सुरु बाँकी छ । बाँकी कामलाई पुरा गरेर सुविधा सम्पन्न तरिकाले प्रतियोगिता आयोजना गर्ने हाम्रो लक्ष्य हो ।

पुर्वाधार निर्माणका काम सकेर मात्र प्रतियोगिता गर्न खोज्दा २–३ महिना ढिला हुन पुग्यो ।

भिआईपी प्याराफिटको कामले मिति तय हुन नसकेको कुरा कत्तिको सत्य हो ?

माघको अन्तिम सम्म काम सक्ने हाम्रो सम्झौता छ । अझ केही दिन बाँकी छ । विविध कारणले टेन्डर प्रकृयामा जान ढिला भयो । चीनमा बनेको जुन प्याराफिट छ, सम्झौता ढिलाई हुदाँ १५ दिन पछाडी सरेको हो ।

त्यसैले हामीले फागुन १५ सम्म जानु परेको हो । त्यसैले हामीले फागुनको मसान्त भनेका छौ । आन्तरिक रुपमा हामीले फागुन मसान्तमा सुरु गरेर चैतको पहिलो साता सकाउने गरि तयारी अघि बढाएका छौ ।

आठौँ राष्ट्रिय प्रतियोगिता गर्न अब हामीसँग के के चुनौती छन् ?

चुनौती त हामीसँग ब्यबस्थापनकै रहन्छ । मौसम हामीले चाहेको जस्तो छैन, यो एउटा चुनौती हो । अर्काे ब्यवस्थापनमा चुनौती छ, समयमा सरकारले बजेट उपलब्ध गराए सहजै काम हुनेछ । प्रतियोगिताको मुखैमा मात्र बजेट आए ब्यावस्थापन केही फितलो हुन सक्छ ।

अन्तिममा सातौ‌बाट झन्डा लिँदा नेपालगंजमा भब्यताका राष्ट्रिय प्रतियोगिता गर्छाै भन्नु भएको थियो, के नेपालगञ्ज आठौं राष्ट्रिय प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्न समक्ष छ ?

हामी तयार छौ । हामी गर्छौ, हामी आतुर समेत छौ । दुई बर्षमै प्रतियोगिता गराउने एउटा ईतिहासको हामी नजिक छौ । हामी राष्ट्रिय खेलकुदमा समयको अनियमिततालाई तोड्न चाहन्छौ । त्यो अवसर हामीसंग छ ।

हामी चुक्न दिने छैनौ । हामी अवसरलाई समात्न चाहन्छौ । हामी चुनौतीलाई पार गर्नेछौ । भौतिक पुर्वाधार पुरा गरेर यसै बर्ष प्रतियोगिता सम्पन्न गर्छौ ।

भिडियो हेर्नुहोस् :

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु