शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकपबाट बाहिरिए हेजलउड

शुक्रबार, २३ माघ २०८२खेलपाटी संवाददाता
विश्वकपबाट बाहिरिए हेजलउड
Loading ad...
mustang rice ad

काठमाडौं। अस्ट्रेलियाका अनुभवी तीव्र बलर जोस हेजलउड अन्ततः आगामी आईसीसी टी–२० विश्वकपबाट बाहिरिएका छन्। केही समयदेखि नै उनको विश्वकप सहभागितालाई लिएर अन्योल थियो।

क्रिकेट अस्ट्रेलियाले विज्ञप्ति जारी गर्दै हेजलउड विश्वकपमा नखेल्ने पुष्टि गरेको हो। हेजलउड बाहिरिएसँगै सन् २०११ पछि पहिलो पटक अस्ट्रेलियाले कुनै विश्वकपमा आफ्ना तीन प्रमुख पेसर हेजलउड, प्याट कमिन्स र मिचेल स्टार्कबिनै प्रतिस्पर्धा गर्ने भएको छ।

ह्यामस्ट्रिङ चोटका कारण हेजलउड गत वर्ष नोभेम्बरदेखि मैदान बाहिर थिए। प्रारम्भिक टोलीमा समावेश गरिए पनि उनको फिटनेसबारे शंका कायमै थियो।

केही दिनअघि राष्ट्रिय टोलीका छनोटकर्ता टोनी डोडेमाइडले सुरुआती केही खेलमा हेजलउड उपलब्ध नहुने संकेत दिएका थिए। तर, अन्ततः ३५ वर्षीय पेसर विश्वकपबाटै बाहिरिएका छन्।

यसअघि चोटकै कारण कप्तान कमिन्स विश्वकपबाट बाहिरिएका थिए भने मिचेल स्टार्कले गत वर्ष नै टी–२० क्रिकेटबाट सन्न्यास लिएका थिए। यसले गर्दा २०११ यता पहिलो पटक यी तीनै अनुभवी पेसर अस्ट्रेलियाली टोलीमा देखिने छैनन्।

हेजलउडको अनुपस्थितिले अस्ट्रेलियाको बलिङ आक्रमण थप कमजोर बनेको छ। हालै पाकिस्तानविरुद्धको टी–२० सिरिजमा ‘क्लिन स्वीप’ भोगेको टोली अब युवा खेलाडीमा भर पर्न बाध्य भएको छ। यद्यपि, उपमहाद्वीपमा स्पिनरहरू प्रभावकारी हुने अपेक्षासहित अस्ट्रेलियाले यस पटक स्पिन विभागलाई विशेष प्राथमिकता दिएको छ।

टोलीमा दुई अनुभवी स्पिनर र दुई स्पिन अलराउन्डर समावेश गरिएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित