पूजाको काँधमा कप्तानी जिम्मेवारी
शनिबार, १७ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं । नेपालले पूजा महतोको कप्तानीमा एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगिता खेल्ने भएको छ।
नियमित कप्तान इन्दु बर्मा घाइते भएसँगै पूजाको काँधमा कप्तानी जिम्मेवारी आइपुगेको हो।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्यालिफायरअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा इन्दु घाइते भएकी थिइन्।
उनी करिब १२ हप्ता मैदान बाहिर रहने भएकी छन्।
राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान रहेकी पुूजालाई कप्तानीको जिम्मेवारी प्रदान गरिएको क्यानले जनाएको छ ।
#pujamahatowomenscricket












%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)
