बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

शुक्रबार, १६ माघ २०८२खेलपाटी संवाददाता
उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक
Loading ad...
mustang rice ad

काठमाडौं। आफ्नै ब्याट मैदानमा ल्याउन बिर्सिएपछि क्विन्टन डि ककले असामान्य परिस्थितिमा खेल्नुपर्‍यो।

खेल सुरु हुन आधा घण्टा बाँकी रहँदा मात्रै ब्याट छुटेको थाहा पाएपछि हतार–हतार फोनसम्पर्क गरे। अलमल गरे। तर, मैदानमा उत्रिएपछि उनले त्यो गल्तीलाई ब्याटिङमार्फत पूरै ढाकछोप गरिदिए। टोलीका युवा खेलाडी डेवाल्ड ब्रेविसको उधारो ब्याट प्रयोग गर्दै डि ककले टी–२० करिअरकै सर्वाधिक ११५ रन बनाए। यति ठूलो उपलब्धिपछि पनि उनी भने पूर्ण रूपमा सन्तुष्ट छैनन्।

बिहीबार वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाको जितमा डि ककले निर्णायक भूमिका खेले। खेलअघि हाइभेल्डतर्फ जाँदा आफ्नो ब्याट बिर्सिएको थाहा पाएपछि उनले आफूलाई ‘बेवकुफ’ महसुस गरेको बताए।

खेलपछि डि ककले भने,‘नयाँ झोलामा सामान मिलाउँदा ध्यान गएन। बस छुट्न आधा घण्टा बाँकी हुँदा मात्रै ब्याट छैन भन्ने थाहा पाएँ। त्यसपछि एक–दुईवटा फोन गर्नुपर्‍यो।’

डि ककका ब्याट तटीय क्षेत्रमा थिए। त्यहाँबाट ल्याउन कम्तीमा दुई घण्टाको उडान भर्नुपर्थ्यो। समयमै ल्याउन सम्भावना नभएपछि उनले ड्रेसिङ रुममा टोलीका साथीहरूको ब्याग हेरे। ब्रेविस र रायन रिकेलटनका ब्याग हेरे। अन्तत उनले ब्रेविसको ब्याट रोजे।

‘ब्रेविसको ब्याट उठाएर यही प्रयोग गर्छु भनें,’ डि ककले हाँस्दै भने,‘उसले यो ब्याट बाँया हातका खेलाडीका लागि राम्रो हो भनेर मजाकमा बन्यो। आजकल युवा खेलाडीहरू यस्तै कुरा गर्छन्।’ त्यही ब्याट प्रयोग गर्दै डि ककले ६ चौका र १० छक्का प्रहार गर्दै ११५ रन बनाए।

यो उनको टी–२० करिअरको दोस्रो शतक र सर्वाधिक व्यक्तिगत स्कोर हो। यससँगै उनी दक्षिण अफ्रिकाका लागि टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने। एसए २० लिगमा देखिएको उत्कृष्ट फर्मलाई उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि निरन्तरता दिए।

तर, यति सानदार प्रदर्शनपछि पनि डि कक उधारो ब्याटप्रति खासै खुसी छैनन्। उनले आगामी खेलमा आफ्नै ब्याट प्रयोग गर्न चाहेको बताए। ‘मेरो ब्याट समयमै आइपुग्यो भने म आफ्नै प्रयोग गर्छु। ब्रेविसको ब्याट फिर्ता गर्छु। इमानदारीपूर्वक भन्नुपर्दा मलाई त्यो ब्याट खासै मन परेन। यसको तौल मेरो लागि ठीक थिएन। यो युवाहरूका लागि हो, जो बलियो स्विङ गर्छन्। त्यसैले अब प्रयोग गर्दिनँ,’ उनले भने।

डि कक र रायन रिकेलटनबीच दोस्रो विकेटका लागि भएको १६२ रनको साझेदारीले २२२ रनको कठिन लक्ष्य पछ्याउन दक्षिण अफ्रिकालाई सहज बनायो। ब्रेविस चौथो नम्बरमा आए पनि ४ रनमै आउट भए। त्यसपछि रिकेलटन र जेसन स्मिथले टोलीलाई जित दिलाए।

सुपरस्पोर्ट पार्कमा यो दक्षिण अफ्रिकाको तेस्रो सर्वाधिक सफल रन चेज हो। यही मैदानमा वेस्ट इन्डिजविरुद्ध २५९ रन पछ्याएको रेकर्ड पनि दक्षिण अफ्रिकाकै नाममा छ। डि ककका अनुसार विकेट ब्याटिङका लागि अत्यन्तै अनुकूल थियो।

‘विकेट निकै राम्रो थियो। यस्तो पिचमा ब्याटिङ सजिलो हुन्छ। म सामान्यतया कठिन अवस्थामा संघर्ष गर्दै रन बनाउँदा बढी सन्तुष्टि मान्छु। आज त्यस्तो चुनौती थिएन। इनिङ्स रमाइलो भयो, टोली जित्यो। सब ठीक छ। तर टी–२० क्रिकेटमा अझ कठिन अवस्थामा बनाएका रनहरूले मलाई बढी सन्तुष्टि दिन्छन्,’ उनले निष्कर्ष निकाले।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा