अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो
मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। अग्रता जोगाउन नसक्दा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो खेलमै बराबरीमा रोकिएको छ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको हो। योसँगै दुवै टोलीले १ अंक बाँडेका छन्।
श्रीलंकाका थर्मिका सिवानेश्वरन र थारिडी लियानेजले गोल गरे। नेपालका मनिषा थापामगर र विमला चौधरीले गोल गरिन्।
खेलको दोस्रो मिनेटमै श्रीलंकाकी थार्मिकाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। ११औं मिनेटमा मनिषाको गोलसँगै नेपालमा खेलमा फर्किएको थियो।
विमलाले १५औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन्। तर, उक्त अग्रता १० मिनेट पनि टिकेन।
२५औं मिनेटमा थारिडीले गोल गर्दै नेपालको जित खोसिन्।








-1763450218248.jpg&w=3840&q=75)







