सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सोमबार, २८ पौष २०८२खेलपाटी संवाददाता
साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल
mustang rice ad

काठमाडौं। साफ फुटबल च्याम्पियनसिपको इतिहास हेर्दा नेपालका लागि यो प्रतियोगिता सधैं उपाधिनजिक पुगेर चुक्ने कथाको प्रतीक बनेको छ।

३३ वर्ष लामो यात्रामा पुरुषतर्फ १४ र महिलातर्फ ७ संस्करण खेलिँदा नेपालले अवसरको ढोका धेरैपटक ढक्ढक्याइसकेको छ। तर, उपाधिको ढोका भने अझै खोल्न सकेको छैन। तथ्यांक आफैंले भन्छ—नेपाल साफमा कमजोर टोली पक्कै होइन, तर निर्णायक क्षणमा अभागी बन्ने गरेको छ।

महिलातर्फ नेपालको यात्रा झन् भावनात्मक छ। पहिलो सहभागितादेखि नै फाइनलको नियमित पाहुना बनेको नेपालले सन् २०१६ को चौथो संस्करणबाहेक सबैमा उपाधिका लागि खेलेको छ।

तर, सुरुका पाँच संस्करणमा भारत र त्यसपछि बंगलादेश नेपालको सपनामा बाधक बनेका छन्। उत्कृष्ट खेल, अपराजित यात्रा र घरेलु समर्थकको साथ हुँदाहुँदै पनि उपाधि उठाउने क्षण भने सधैं एक कदम पर नै रहने गरेको छ।

पुरुषतर्फ भने इतिहास केही फरक छ। लामो प्रतीक्षापछि सन् २०२१ मा पहिलोपल्ट फाइनल पुगेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित रह्यो। त्यो हार खेलको नतिजा थिएन, नेपाली फुटबलको अधुरो सपना झल्काउने दृश्य रह्यो।

तर, यो पटक कथा फेरिन सक्छ। वर्षौंको पीडा, हार र प्रतीक्षालाई शक्तिमा रूपान्तरण गर्दै नेपालका महिला र पुरुष टोली एकै प्रतियोगिता साफ फुटबल च्याम्पियनसिपमा उत्रिन लागेका छन्। यसपल्ट यी दुई टोलीको एकै साझ लक्ष्य छ– उपाधि जित्दै इतिहास बनाउने।

‘यो प्रतियोगिता चुनौतीपूर्ण छ। तर, यो एक अवसर पनि हो। पहिलोपल्ट आयोजना हुन लागेले यही प्रतियोगिताबाट भविष्य कोरिने छ। त्यसैले जसरी पनि प्रतियोगिताको फाइनलमा पुग्नुपर्छ भनेर भनिरहेको छु,’ महिला टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जन भन्छन्।

पहिलो प्रतियोगिता, उपाधिकै लक्ष्य

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा पहिलोपल्ट महिला र पुरुष दुवैको सहभागितासहितको दोहोरो फुटसल च्याम्पियनसिप हुन लागेको हो।

जनवरी १२ देखि २६ सम्म थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा सञ्चालन हुने यो प्रतियोगिता उपाधि प्रतिस्पर्धामा सीमित नरही, दक्षिण एसियामा फुटसलको लोकप्रियता र विस्तारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

हरेक दुई वर्षमा आयोजना हुने यस च्याम्पियनसिपमा साफका सबै सात सदस्य राष्ट्रहरूको सहभागिता रहनेछ। यो संस्करणमा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान, माल्दिभ्स र श्रीलंका प्रतिस्पर्धा गर्न लागेका हुन्।

यो सहभागिताले क्षेत्रीय फुटबलको नयाँ स्वरूपको ढोका खोल्ने अपेक्षा गरिएको छ। साफका अनुसार प्रतियोगितालाई प्रतिस्पर्धात्मक मात्र होइन, विकासमुखी प्लेटफर्मको रूपमा डिजाइन गरिएको छ।

दक्षिण एसियामा फुटसल अझै प्रारम्भिक चरणमै रहेकाले प्राविधिक क्षमता विकास, खेलाडी उत्पादन र संरचनागत सुधारलाई प्राथमिकता दिइएको छ। यसले भविष्यमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने आधार तयार पार्ने विश्वास साफको छ।

साफका महासचिव पुरुषोत्तम कट्टेलका अनुसार थाइल्यान्डलाई आयोजक राष्ट्रका रूपमा छनोट गर्नुको मुख्य कारण त्यहाँको सुदृढ खेल पूर्वाधार, अन्तर्राष्ट्रिय पहुँचको सहजता र इन्डोर फुटबल आयोजना गर्ने अनुभव हो। बैंककमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान छ।

सहज यातायात व्यवस्था तथा खेलाडी र अफिसियलहरूका लागि पर्याप्त आवास सुविधा उपलब्ध रहेकाले पनि यसपल्ट साफ राष्ट्रभन्दा बाहिर लगेर प्रतियोगिता गर्न लागिएको छ।

इतिहास र विकास एकैसाथ बोकेको यो च्याम्पियनसिप नेपालका लागि पनि नयाँ सम्भावना र चुनौतीको संगम हुनेछ। यस प्रतियोगितामार्फत दक्षिण एसियाली फुटबलले अर्को फड्को मार्ने अपेक्षा मुख्य प्रशिक्षक महर्जनको छ।

‘अहिले नेपालमा सबैतिर फुटसलको महोल छ। तर, व्यवसायीकता छैन। थाइल्यान्डबाट फर्किएपछि यहाँ आउने भावीहरूलाई के कस्तो अवसर हुन्छ भनेर सिकाउने अवसर पनि हुनेछ,’ उनी भन्छन्।

नेपालमा यसअघि पुरुषको फुटसल टोली नभएको भने होइन। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१७ मा पहिलो पटक राष्ट्रिय फुटसल टोली गठन गर्दै अन्तर्राष्ट्रिय फुटसल यात्राको औपचारिक सुरुआत गरेको थियो।

नेपालले २०१८ एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्ने उद्देश्यसहित टोली निर्माण गरेको हो। टोलीको पहिलो मुख्य प्रशिक्षक थिए, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी राकेश श्रेष्ठ। छनोट चरणको पहिलो अन्तर्राष्ट्रिय खेलमै नेपालले बलियो टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्‍यो।

उक्त खेलमा नेपालले १४–१ को फाकिलो हार बेहोर्‍यो। उक्त खेलमा सुरज राउतले नेपालका लागि एकमात्र गोल गर्दै टोलीको पहिलो अन्तर्राष्ट्रिय गोल दर्ता गराएका थिए।

फेब्रुअरी २०१८ मा नेपाललाई इन्टरनेसनल सकर फुटसल कपमा सहभागी हुन पाकिस्तान निमन्त्रणा गरिएको थियो। यो प्रतियोगिता पाकिस्तानमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल आयोजना भएको अवसरसमेत थियो।

प्रतियोगिताको तयारीस्वरूप नेपालले फेब्रुअरी १३ मा आयोजक पाकिस्तानलाई मैत्रीपूर्ण खेलमा ७–५ ले पराजित गरेको थियो। सन् २०१९ मा नेपालले एएमएफ फुटसल पुरुष विश्वकपमा सहभागिता जनायो।

उक्त प्रतियोगितामा नेपाल समूह चरणका तीनै खेलमा पराजित भयो। नेपाल समूह ‘डी’ मा परेको थियो, जहाँ उसका प्रतिस्पर्धी संयुक्त राज्य अमेरिका, फ्रान्स र क्याटालोनिया थिए।

नेपालको फुटसल यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भने मे २०२४ मा सार्वजनिक भएको पहिलो फिफा विश्व फुटसल वरीयतामा स्थान पाउनु हो। प्रारम्भिक वरीयतामा नेपाल १३९ राष्ट्रमध्ये १२१औं स्थानमा रहेको थियो।

छोटो समयमा नै अन्तर्राष्ट्रिय अनुभव बटुल्दै आएको नेपाली फुटसल टोलीले सीमित स्रोत र अवसरबीच पनि निरन्तर प्रगति देखाउँदै आएको थियो। तर, एएफसी एसियन कप छनोटबाट नाम फिर्ता लिएपछि भने नेपाल २ वर्ष प्रतिबन्धमा छ।

यद्यपि, महिलातर्फ भने पहिलोपल्ट टोली गठन भएको छ। त्यसैले आफ्नो लक्ष्य भने उपाधि जित्ने नै रहेको कप्तान दीपा शाही बताउँछन्। ‘इतिहास रच्न पाइन्छ कि जस्तो लाग्छ। पहिलोपल्ट भएको कारण अरु देशका खेलाडी पनि फुटबलबाटै आएक छन्। त्यसैले चान्स छ,’ उनी भन्छिन्।

यसपल्ट दुवैतर्फ फुटबल खेलिरहेका खेलाडी टोलीमा अटाएका छन्। त्यसैले फुटसल प्रतियोगिता यी खेलाडीका लागि नौलो हुनेछ। तर, अधिकांश समय यी खेलाडीले फुटसलमै बिताउने भएका कारण महर्जन र शाहीले भनेजस्तै इतिहास भने नरच्ला भन्न सकिँदैन।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

Bajaj Pulsar Motorcycle Ad
साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित