चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस
सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फुड पार्टनरको रुपमा जोडेको छ।
एनपीएलको दोस्रो सिजनका लागि चितवनले मुस्ताङ राइसलाई फुड पार्टनरको रूपमा जोडेको हो। चितवन बागमती प्रदेशको चितवन सहरलाई प्रतिनिधित्व गर्दै लिगमा सहभागी छ।
चितवनबाट उत्पादन हुँदै आएको मुस्ताङ राइस नेपालको प्रिमियम राइसको रूपमा स्थापित ब्राण्ड हो। चितवनका चेयरमेन आयुश न्यौपानेले मुस्ताङ राइससँगको सहकार्यले टिमको योजना र लक्ष्यमा उत्साह थप्ने बताए।
मुस्ताङ राइसका निर्देशक किरण न्यौपानेले चितवनको गौरव बढाउने टिमसँग जोडिन पाउनु गर्वको विषय रहेको बताए। चितवन लिगको दोस्रो सिजनको लिग तालिकामा चौथौं स्थानमा छ।
चितवनले चार खेलमा दुईमा जित, दुईमा हारसहित चार अंक जोडेर तालिकाको चौथो स्थानमा छ।







-1754044149.jpg&w=3840&q=75)






-1764560243138-1764573362763.webp&w=3840&q=75)