आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

आइतबार, कार्तिक १०, २०८२खेलपाटी संवाददाता
अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने
Classic Tech Internet Ad

काठमाडौं। लाटिन अमेरिकाको विश्वकप छनोट सकिएको केही दिनमै अब त्यस क्षेत्रका टिमहरू तयारी खेलतर्फ ध्यान दिइरहेका छन्। त्यस क्रममा वर्तमान विश्वच्याम्पियन अर्जेन्टिनाले नोभेम्बरमा अफ्रिकी देश अंगोलासँग एक मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अर्जेन्टिना फुटबल संघ (एएफए) ले सामाजिक सञ्जालमार्फत यो खेलको पुष्टि गरेको हो। सुरुमा अर्जेन्टिनाले नोभेम्बरमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको थियो। तर, उपयुक्त प्रतिद्वन्द्वी नपाएकाले अन्ततः एउटा मात्र खेल खेलेको छ।

खेल नोभेम्बर १४ मा अंगोलाको राजधानी लुवान्डामा हुनेछ। यद्यपि, खेलको समय अझै तय गरिएको छैन। यो खेल विश्वकप पूर्व तयारीको रूपमा हेरिएको छ।

प्रशिक्षक लिओनल स्कालोनीले यस अवसरमा आफ्नो टोलीको संयोजन परीक्षण गर्नेछन्। २०२२ को विश्वकप टोलीका केही खेलाडीले सन्न्यास लिएका छन्, केही फेरि अनियमित छन्। त्यसैले आगामी २०२६ विश्वकपअघि टिममा सन्तुलन र लय ल्याउने प्रयोग गर्न चाहन्छन् स्कालोनी।

कप्तान लिओनल मेसीलाई पनि उनले अब नियमित रूपमा खेलाउने कि विश्राम दिने भन्ने विषयमा सावधानीपूर्वक योजना बनाइरहेका छन्। उनको कार्यभार नियन्त्रणमा रहोस् र नयाँ ब्याकअप खेलाडीहरू तयार गर्न सकियोस् भन्ने स्कालोनीको योजना छ।

गत अक्टोबरमा अर्जेन्टिनाले दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलोमा मेसीबिना भेनेजुएलालाई १–० ले हरायो र दोस्रोमा पुएर्टो रिकोलाई ६–० ले हरायो। यो खेल मेसीले पनि खेलेका थिए।

नोभेम्बरको यो खेलअघि अर्जेन्टिना टोली युरोपमा (स्पेनमा) प्रशिक्षण शिविर बस्नेछ। खेलपछि पनि १८ नोभेम्बरसम्म अभ्यास जारी राख्नेछ, जुन मितिसम्म फिफा विन्डो खुला रहनेछ।

यसपछि २०२६ विश्वकपअघि अर्जेन्टिनाले संयुक्त राज्य अमेरिकामा मेक्सिको र हन्डुराससँग दुईवटा अन्तिम तयारी खेल खेल्नेछ। जसलाई विदाई खेल को रूपमा हेरिँदैछ।

त्यसपछि अर्को वर्ष अर्जेन्टिनाले युरोकप विजेता स्पेनसँग फिनालिसिमा खेल्नेछ। खेलको मिति औपचारिक रूपमा घोषणा नभए पनि युरोपेली सञ्चारमाध्यमका अनुसार यो खेल २०२६ मार्च २८ मा कतारको लुसाइल स्टेडियममा हुने सम्भावना छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

Bajaj Pulsar Motorcycle Ad
घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो