न्युक्यासलको अन्तिम मिनेटमा जित
शनिबार, कार्तिक ९, २०८२खेलपाटी संवाददाता
-1761410041277.webp&w=3840&q=75)
काठमाडौं। न्युक्यासलले इङ्लिस प्रिमियर लिगमा अन्तिम मिनेटमा जित हात पारेको छ।
सेन्ट जेम्स पार्कमा शनिबार सम्पन्न खेलमा ब्रुनो गुइमारेसले ९०औं मिनेटमा गोल गर्दै न्युक्यासललाई फुलह्याममाथि २–१ को जित दिलाए।
जितसँगै न्युक्यासल ९ खेलबाट १२ अंक जोड्दै ११औं स्थानमा पुगेको छ। समान खेलबाट ८ अंक जोडेको फुलह्याम ११औं स्थानमा छ।
न्युक्यासलका लागि जेकब मर्फीले १८औं मिनेटमा पहिलो गोल गरेका थिए। तर, फुलह्यामका लागि सासा लुकिकले ५६औ| मिनेटमा बराबरी गोल फर्काए।
म्यानचेस्टर युनाइटेड शनिबार राति ओल्ड ट्राफर्डमा ब्राइटनसँग खेल्दैछ। जित निकाल्न सके युनाइटेड लिग तालिकाको चौथो स्थानमा उक्लिन सक्छ।












