दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो
शनिबार, कार्तिक ९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्टाम्फोर्ड ब्रिजले शनिबार राति सम्पन्न इङ्लिस प्रिमियर लिगको खेलमा नाटकीय क्षण अनुभव गर्ने मौका पायो।
चेम्सदीन ताल्बीले इन्जुरी समयमा निर्णायक गोल गर्दै सन्डरल्यान्डलाई २–१ को रोमाञ्चक जित दिलाए। योसँगै ९ खेलमा १७ अंक बटुल्दै टोली प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट १४ अंक रहेको चेल्सी सातौं स्थानमा छ।
खेलको चौथो मिनेटमै एलेजान्द्रो गार्नाचोको गोलबाट चेल्सीले अग्रता लिएको थियो। तर, २२औं मिनेटमा विल्सन इसिदोरले गोल गर्दै सन्डरल्यान्डलाई खेलमा फर्काए। खेलको अतिरिक्त समयमा ताल्बीले निर्णायक गोल गर्दै सन्डरल्यान्डलाई जित दिलाए।
यो जितसँगै सन्डरल्यान्ड अस्थायी रूपमा दोस्रो स्थानमा पुगेको हो। साबिक विजेता लिभरपुल शनिबार नै ब्रेन्टफोर्डसँग खेल्दैछ र जित हासिल गर्न सके सन्डरल्यान्डलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ।






-1761410041277.webp&w=3840&q=75)





