यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

काठमाडौं। रियल मड्रिड जारी सिजनमा सानदार लयमा छ। ला लिगामा ९ मध्ये ८ खेल जित्दै शीर्ष स्थानमा रहेको छ।
च्याम्पियन्स लिगका तीनै खेल पनि जितेको छ। आइतबार हुने सिजनको पहिलो एल क्लासिको घरेलु मैदान सान्तियागो बर्नाबेउमा हुँदैछ। यहाँ खेल्नु कुनै पनि क्लबका लागि सजिलो हुँदैन।
खेलअघि बार्सिलोनाका युवा खेलाडी लामिन यमन ट्विचमा प्रसारित ‘किङ्स लिग’को एक कार्यक्रममा सहभागी भएका थिए। त्यहाँ उनलाई ‘ला कापिटल’ क्लबका सहमालिक लानोसले सोधे– बर्नाबेउमा खेल्नु गाह्रो हुन्छ?
यमलले हाँस्दै जवाफ दिए,‘बार्साका लागि होइन। म अन्तिमपटक त्यहाँ खेलेको बेला गोल गरेको थिएँ र हामीले ४–० ले जितेका थियौं।’
ला लिगाको गत सिजनमा बार्सिलोनाले बर्नाबेउमा रियललाई –४–०– ले पराजित गरेको थियो। त्यस खेलमा रोवर्टो लेवान्डोस्कीले दुई तथा राफिन्हा र यमलले एक–एक गोल गरेका थिए।
जब उनलाई सोधियो– यो सिजन पनि बर्नाबेउमा गोल गर्ने आत्मविश्वास छ? यमलले आत्मविश्वासपूर्वक भने,‘मैले पहिले नै गरेको छु, के तपाईंले बिर्सिनुभयो?’
गत सिजन बार्सिलोनासँग ला लिगाका दुई, कोपा डेल रे र स्पेनिस सुपर कपको फाइनलमा समेत रियल पराजित भएको थियो। तर, यस सिजन उत्कृष्ट लयमा रहेको रियलले के यसपटक त्यस हारको बदला लिन सक्छ त?
अब सबैको नजर यही एल क्लासिकोतर्फ छ।












