मंगलबार, ०६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन

शुक्रबार, ०६ भाद्र २०८२खेलपाटी संवाददाता
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
mustang rice ad

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिलाई आगामी दिनमा अझ सक्रिय भएर अघि बढ्न निर्देशन दिएका छन्।

तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधान नेतृत्वको टोलीले मन्त्री चौधरीसँग शुक्रबार मन्त्रालयमा भेटवार्ता गरेको थियो। भेटमा चौधरीले आगामी दिनमा मन्त्रालय र खेलकुद परिषदसँग समन्वय र सहजीकरण गरेर नेपाल ओलम्पिक कमिटीले आफ्ना गतिविधि बढाउन मन्त्रीले तदर्थ समितिलाई निर्देशन दिएका छन्।

नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाली भावी कार्ययोजना सार्वजनिक गरेपछि मन्त्रीसँगको यो पहिलो औपचारिक भेट हो।

भेटमा समितिका ९ सदस्यसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहता पनि उपस्थित थिए।

उक्त भेटमा आगामी वर्ष जापानमा हुने एसियन खेलमा नेपालको सहभागिता सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो। साथै, नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुनबमोजिम सक्रिय बनाउन राखेप र मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल भएको छ।

भेटमा तदर्थ समितिका संयोजक प्रधानले सरकारले गरेको सहयोगका लागि खेलकुद मन्त्रीलाई धन्यवाद दिदै ओलम्पिक विवाद समाधानमा सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोगको अपेक्षा गरेका थिए ।  

ओलम्पिकमा आबद्ध २३ खेल संघ मिलेर ओलम्पिकको तदर्थ समिति गठन गरेका छन् । समितिले अन्तराष्ट्रिय ओलम्पिक कमिटीसँग सहकार्य गरेर निष्पक्ष निर्वाचन गर्ने घोषणा गरेको छ । 

सरकारको निर्देशन, अदालतको आदेशलाई अबज्ञा गर्दै जीवनराम श्रेष्ठले ओलम्पिकको निर्वाचनमार्फत आफुलाई घोषणा गरेपछि ओलम्पिकमा नयाँ विवाद सुरु भएको थियो । सरकारले श्रेष्ठ नेतृत्वको ओलम्पिक निर्वाचनलाई अवैधानिक रहेको बताउँदै सो निर्वाचन प्रकृयालाई खारेज गरेर बैदेशिक यात्रामा प्रतिबन्द लगाउनेदेखि बैंक खाता रोक्का गरेको छ । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा

खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा

Bajaj Pulsar Motorcycle Ad
नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

आत्मघाती गोल गर्दै चित्लाङले गुमायो २ अंक

आत्मघाती गोल गर्दै चित्लाङले गुमायो २ अंक

भारतको फिफा विश्व वरीयतामा सुधार, नेपाल यथावत

भारतको फिफा विश्व वरीयतामा सुधार, नेपाल यथावत

श्रीलंकाकी मलिन्दा हजार विकेट क्लबमा सामेल

श्रीलंकाकी मलिन्दा हजार विकेट क्लबमा सामेल

मच्छिन्द्रको लगातार जित, मनाङ मर्स्याङ्दीको हार

मच्छिन्द्रको लगातार जित, मनाङ मर्स्याङ्दीको हार

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

नारायणको अलराउन्ड प्रदर्शनसँगै राजपुरलाई उपाधि

नारायणको अलराउन्ड प्रदर्शनसँगै राजपुरलाई उपाधि

एनआरटीको जितमा विज्ञानको २ गोल

एनआरटीको जितमा विज्ञानको २ गोल