सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

काठमाडौं। अभिक शाह र अनिश प्रसाइँको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ।
भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा ईलाम हाइटलाई पराजित गर्दै सफलता हात पारेको हो।
‘बगहाउस फम्र्याट’ मा सञ्चालित प्रतियोगिता पाँच चरणमा लिगका शीर्ष चार टिमले उपाधि होडमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। लिगमा १९४८ रेटेड अभिक नेतृत्वको सान्टा जेभियरले शतप्रतिशत जितसहित शीर्षस्थान हासिल गर्यो। निहाना श्रेष्ठ र रिदम थापाको टिम मार्भलस चार जितसहित दोस्रो भयो।
सुरेन्द्रकुमार राई र रवीन्द्र श्रेष्ठको टिम ईलाम हाइट तेस्रोमा रह्यो। बराबरी अंकपछि त्रियोग हाईस्कुललाई प्ले–अफमा हराएर प्याट्रियटिक पनले पनि शीर्ष चारमा स्थान बनायो। तर, प्रवीर केसी र पर्ल श्रेष्ठसम्मिलित प्याट्रियटिक पनलाई सेमिफाइनलमा रोक्दै सान्टा जेभियर फाइनल पुगेको थियो। अर्को सेमिफाइनलमा होटल ईलाम हाइटले टिम मार्भलसलाई पराजित गरेको थियो।
हिमालयन चेस एकेडेमीद्वारा आयोजित एकदिने प्रतियोगितामा प्रत्येक टिममा फिडे रेटेड एक खेलाडीलाई मात्रै समावेश गरिएको थियो। परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई टिम निर्माणमा संलग्न गरिएको प्रतियोगिताको विजेता सान्टा जेभियरले सात हजार रुपिया, ट्रफी र मेडल हात पारे। उपविजेता होटल ईलाम हाइटले पाँच हजार र मेडल तथा तेस्रो भएको टिम मार्भलसले तीन हजार र मेडल प्राप्त गरे।
विजेता खेलाडीहरूलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र अन्टरप्रेनर अनुप आचार्यले पुरस्कार प्रदान गरेका थिए। हिमालयन चेस एकेडेमीको झक्तपुर शाखा रहेको योङ लर्नस् (रिडर्स हवसँगै रहेको) मा आयोजित प्रतियोगितामा १२ टिम सहभागि थिए। योसँगै २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमी आफैंले ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १३ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ।






-1771251202949.avif&w=3840&q=75)




-1771592656087.jpeg&w=3840&q=75)
-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)
