एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरीस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको पहिलो हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा पिएसजी लियोनसंग २-१ गोल अन्तरले पराजित भएको छ ।
लियोनको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजीले सिजनको पहिलो हार व्यहोरेको हो । खेलको सातौं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ३३ औं मिनेटमा मौसा डेम्बेलेले गोल गर्दै लियोनलाई खेलमा फर्काए । त्यसपछि खेलको ४९ औं मिनेटमा नबिल फेकिरले पेनाल्टीमा गोल गर्दै लियोनलाई २-१ को जित दिलाए ।
जितसंगै तेस्रो स्थानको लियोनले ४३ अंक जोडेको छ । पराजित पिएसजी शीर्ष स्थानमा यथावत रहेको छ । पिएसजीको ५६ अंक छ ।