बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

न अध्यक्ष खेलाडीलाई चिन्छन्, न महासचिव खेल हेर्छन् !

शनिबार, साउन १८, २०८२खेलपाटी संवाददाता
न अध्यक्ष खेलाडीलाई चिन्छन्, न महासचिव खेल हेर्छन् !
Classic Tech Internet Ad

काठमाडौं। भर्खरै बंगलादेशमा साफ महिला यु–२० च्याम्पियनसिप सकिएको थियो। त्यसमाथि लगत्तै अर्को महत्त्वपूर्ण प्रतियोगिता अनि त्यसको तयारी।

अनिशा राई थकित थिइन्। शारीरिक मात्र होइन, मानसिक रूपमा पनि। डिफेन्डरको भूमिका त्यति सजिलो पनि त हुँदैन।  मैदानमा हर क्षण खुट्टा अघिपछि चलाइरहँदा दिमागले लगातार दबाब थेगिरहनुपर्छ।

राष्ट्रिय जर्सीमा खेल्नु गर्वको कुरा हो। तर, त्यस गर्वसँगै थुप्रै अपेक्षा र आलोचना पनि बाँधिएको हुन्छ। प्रशिक्षण र खेलले खिएर आएकी अनिशा गत बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिदाइ कार्यक्रमा पुगिन्। 

साधुँरो कोठामा एएफसी महिला यु–२० एसियन कप खेल्न भुटान जाने टोलीको बिदाइ कार्यक्रम राखिएको थियो। कार्यक्रम बिदाइकाे भए पनि भाषणको तयारी थियो, तर समयमै सुरु भएन। कोठामा खेलाडीहरू आफूबीच कुराकानी गर्दै बसे। गफगाफ गरिरहेका थिए, मानव स्वभावजस्तै।

त्यसैबेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ पुगे। अनि सुरु भयो भाषण। पहिला अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले माइक समाते। लामो भाषणको क्रममा एकाएक बोले, ‘पछाडिको के रे? तिम्रो नाम के रे?’ केहीले बोलिदिए– पूर्णिमा (स्ट्राइकर पूर्णिमा राई)। 

उनले औंलाले अर्कोतिर देखाउँदै भने,‘पूर्णिमा त उनी हो।’ फेरि खेलाडीले उनको औंलाको अनुमान गर्दै भने, ’समीक्षा।’ मिडफिल्डर समीक्षा मगरको पूरा नाम सुन्न नपाउँदै नेम्वाङले भने, ‘होइन तिमी। बिचको तिमी।’ अनि बल्ल कसैले भने, ‘अनिशा’। 

त्यो क्षण नेपाली खेलकुदको पुरानो घाउ फेरि बल्झिएको महसुस हुन्थ्यो। यो घाउँ नेतृत्वले आफ्ना खेलाडीलाई नचिन्ने र नसम्झिने हो। अनि तिनैलाई प्रेरणा दिने र भाषण गर्नेको हो। थप केही बोल्नु आवश्यक पनि परेन। 

नेम्वाङ फेरि आफैं बोले,‘हो तिमीलाई भनेको। तिमी अघिदेखि हल्ला गर्दै थियौं। ध्यान दिएर सुन। खेल्दा खेल भावना हुनुपर्छ।’ हलमा हाँसो चल्यो। नेम्वाङ पनि हाँसे। तर, त्यो हाँसोको स्वर मिठो देखिएन। त्यो हाँसो व्यंग्यको थियो, जुन नेतृत्वले आफ्ना खेलाडीलाई नचिन्दा गुञ्जिएको थियो।

अझ ती नेतृत्व नै खेलाडीलाई ठूला ठूला ज्ञान दिँदै थिए। अनिशाले सायद यही सोचेर होला झट्ट नजर झुकाइन्। उनको अनुहार शान्त रह्यो। बोली रोकियो। तर, त्यो मौनता एउटा चोट बन्यो।

सायद कहिल्यै नमेटिने तर सधैं बोकेर हिँडिरहनुपर्ने। के नेम्वाङलाई थाहा छ? उनले साफ यु–२० च्याम्पियनसिपमा कति मिनेट गोल पोस्ट जोगाइन्? सायद थाहा थिएन र त यो कुरा निस्कियो।

यसको केही क्षणपछि महासचिव किरण राईले भाषणमा भने, ‘सेकेन्ड हुनु पनि राम्रो कुरा गरेको हो। पहिला मैत्रीपूर्ण खेलमा यही (दशरथ रंगशालामा) भुटानसँग २–२ को बराबरी खेलेका थियौं। अहिले सानदार जित हात पारेर फर्किएका छौं।’ 

फेरि हल हाँस्यो। फेरि एक चोटि नेतृत्व हाँस्यो, खेलाडीले १–१ को बराबरी खेलेको कुरा सम्झाइदिए। तर, त्यो हाँसोभित्र पनि एउटै कुरा दोहोरिन्थ्यो, खेलाडीले त खेलेका छन्, मिहिनेत गरेका छन्। तर, एन्फामा बसेर गफ हान्नेले त्यो खेलमा गरेको मिहिनेत देखेका नै छैनन्।

यो घटना एकचोटि मात्रै घटेको मात्र होइन। यस्ता बिदाइ कार्यक्रममा बारम्बार घटिरहन्छ। तर, यसले धेरै प्रश्नहरू उजागर गर्छ। राईले भन्छन्, ‘सन् २०३१ को फिफा महिला विश्वकप खेल्ने ड्रिम टिम यही हो।’ तर, यो ड्रिम टिमका खेलाडी र नेतृत्वबीच कति गहिरो दूरी रहेछ त? 

महिनौं प्रशिक्षण गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीको नामसम्म नसम्झिनु कति गम्भीर कुरा हो? के यस्तो नेतृत्वले साँच्चिकै त्यो टोलीको भविष्यबारे केही सोचेर योजना बनाएको होला त?

अनिशा त्यो दिन केही बोलिनन्। उनले टाउको झुकाइन्, हाँसिन् अनि कार्यक्रम सकिएपछि चुपचार उठेर गइन्। त्यो मौनता शक्तिशाली थियो। किनकि त्यो मौनताभित्र मैदानमा बगाएको पसिनाको मोलले कुनै सम्मान नै थिएन। 

तर, तीनै अपरिचित खेलाडीले भने खेलकुदलाई बारम्बार स्वार्थ पूरा गर्ने माध्यम बनाइरहेका केही पदाधिकारीको इज्जत ढाक्दिएकी थिइन्। एन्फाका नेतृत्वले बारम्बार कार्यक्रम गर्छ, फोटा खिच्छ, माल लगाएर बिदाइ गर्छ र ठूलो अपेक्षा राख्छ। तर, ती सबै क्रियाकलाप त्यो क्षणमा शून्य लाग्छन्, जब नेतृत्वले आफ्नै टोलीका खेलाडीलाई चिन्न सक्दैन। 

यो गल्ती स्मरणको कमजोरी होइन, सम्बन्धको ठूलो खाडलको हो। त्यो सम्बन्ध जुन एन्फाले कायम गर्न नै सकेको छैन। हुन त यो सम्बन्ध कसरी स्थापित होस्? 

अहिलेसम्म एन्फा कम्प्लेक्सको झ्यालै अगाडि भएको मैदानमा खेलिरहेका खेलाडीको अवस्था बुझ्न अध्यक्ष र महासचिवलाई जाने फुर्सद नै हुँदैन।

न त ती खेलाडी कस्तो ब्याकग्राउन्डबाट आएका हुन् र कस्तो प्रदर्शन गरिरहेका छन् भनेर आफ्नो प्रशिक्षकलाई बोलाएर नै सोध्छन्। न ती खेलाडीको समस्या अध्यक्ष र महासचिवलाई चासोको विषय नै हुन्छ। 

तर, आफ्नो पद जोगाउन र ठूलो अपेक्षा सुनाउन भने यी नै नेतृत्वकर्तालाई यस्ता खेलाडीलाई नै माध्यम बनिरहेका हुन्छन्। खेलाडीहरूले मैदानमा जित्नका लागि धेरै हार सहन्छन्।

सामाजिक, संरचनागत अनि मानसिक रूपमा पनि। तर, नेतृत्वकै व्यवहारले उनीहरूलाई नचिएको अनुहार बनाइरहेका हुन्छन्। सायद त्यो सबैभन्दा ठूलो हार हो। र, त्यो हार मैदानमा होइन, मञ्चमा हुँदा खेलाडीको मनोबल पनि गिर्दो हो।

अध्यक्षले खेल भावनाको शिक्षा दिन्छन्, तर खेलाडीको नाम बिर्सिन्छन्। महासचिवले खेल हेरेकै छैनन्, तर त्यो टिमबाट विश्वकपजस्तो ठूलो मञ्चमा पुग्ने भाषणमा सुनाउँछन्।

त्यो सुन्दा लाग्छ एन्फाले अध्यारोमै विश्वकपमा पुग्ने सपना देखिरहेको छ। किनभने यस्तो ठूलो मञ्चमा पुग्न त खेलाडीको नियमित मूल्यांकन, प्रशिक्षक मात्रै होइन, पदाधिारी पनि घुलमिल हुनुपर्छ।

दैनिक योजना सुनाउनुपर्छ, खेलाडीको समस्या बुझ्नुपर्छ, धेरै लगानी गर्नुपर्छ र बलियो संरचना बनाउनुपर्छ। तर, अहिले एन्फाले भने फुटबल हेर्दिएको र बुझ्दिएको जस्तो मात्रै गरिरहेको प्रष्ट हुन्छ। 

यस्तोमा केही नबुझेको, केही नहेरेका एन्फाले राखेको अपेक्षा र सुनाएको योजना हावादारी मात्रै हो कि यथार्थ पनि हो भनेर बुझ्न खासै गाह्रो नपर्ला कि? 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो