विश्व फुटसल वरीयतामा नेपालको दुई स्थान सुधार
शुक्रबार, भदौ १३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले फिफा विश्व फुटसल वरीयतामा आफ्नो स्थान सुधार गरेको छ।
फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा पुरुष टोलीले दुई स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा नेपाल ११८औं स्थानमा छ। त्यसअघि नेपाल १२०औं स्थानमा थियो। नेपालले अन्तिमपल्ट मंगोलियामा २०२३ अक्टोबर ११ मा घरेलु टोलीसँग प्रतिस्पर्धा गरेको थियो।
एएफसी फुटसल एसियन कप छनोटको उक्त खेलपश्चात नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन।
साफमा नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अगाडि माल्दिभ्स १०६औं स्थानमा छ। भारत भने १३५औं स्थानमा छ। माल्दिभ्स र भारतको वरीयता यथावत छ।
बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंका भने वरीयताभन्दा बाहिर छन्।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)