आइतबार, १५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट

शुक्रबार, १३ भाद्र २०८२खेलपाटी संवाददाता
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित शुक्रबार पुरस्कृत गरेको छ। 

खो खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो। पुरुष/महिला टोलीलाई समान १–१ लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरियो। दुवै टिमले भारतमा भएको प्रथम खो खो विश्व कप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत जितेका थिए।

खो खो टिमसँगै जुनियरमा २ र पारामा १ खेलाडी, १० कर्मचारी, १ राष्ट्रिय खेल संघ, १ प्रायोजक, २ पत्रकार र १ स्थानियलाई सम्मान गरियो।
जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भए। 

अर्पिलले थाइल्यानडमा भएको एसियाली यु–२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यु–१९ मा कांस्य जितेका थिए। पूजाले विश्वकप एसियाली छनोटमा २ सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन्। सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन्। नेपाल र मलेसियाबीचको यु–१९ टी– २० विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन्।

पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन्। पलेशाले पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक तथा मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितेकी थिइन्।

उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल क्रिकेट संघ (क्यान) १ लाख नगदसहित पुरस्कृत भयो। उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेसनल प्रा.लि. र उत्कृष्ट स्थानीय तहमा बागमती गाउँपालिका, मकवानपुरलाई पुरस्कृत गरियो। उत्कृष्ट खेलकुद पत्रकारको पुरुषमा अञ्जन खड्का र महिलामा लक्ष्मी शाक्य जनही २० हजारसहित सम्मान भए।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायव वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन) तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए। दुवैले जनही २५ हजार नगद पुरस्कार पाए। 

उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघ संस्था समन्वय शाखाकी नायव वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजार नगदसहित सम्मानित भए।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायव वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए।

करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए। 

परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार नगद प्राप्त गरे। राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत