शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

शनिबार, १४ चैत्र २०८२खेलपाटी संवाददाता
नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टिम लिएको छ । र, यो टिम नाम परिवर्तन् गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ ।

Messenger_creation_BA3C6663-DC93-42A1-92C3-BAB180DA47DC

पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.मा पुगेको छ ।

त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रा.लि.मा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रा.लि.को नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।

देशमा लोकिप्रय भइरहेको एनकेएलमा व्यापारिक तथा व्यावसायिक घराना आबद्ध गर्न पाएकोमा खुशी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले भने, ‘पहिलो संस्करण भव्य रुपमा आयोजना गरेका थियौं । दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउने छौं । कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाई दिनेछ । हामी सबैले नेपाली कबड्डीलाई विश्वमै अब्बल बनाउने छौं ।’ कार्यक्रममा नेपालको लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झालगायतको उपस्थिति रहेको थियो ।

Messenger_creation_3A9F4C61-D1EF-41D2-85A9-CB2145233837

नेपाली कबड्डीलाई व्यावसायिक रुप दिने प्रयासमा थालिएको एनकेएलको दोस्रो सिजन जेठ २२ गते (जुन ५ तारिख) सुरु हुने छ । सिजन २ को लागि प्लेयर्स ड्राफ्टको लागि लागि स्वदेशी खेलाडीको छनोट भइसकेको छ भने १५ देशका १ सय बढी खेलाडीले पनि नाम दर्ता गरेका छन् । एनकेएल २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडी रहेको छ ।

नेपाल कबड्डी लिग सिजन २

टिम स्वामित्व कम्पनीका मुख्य व्यक्ति

विराटनगर बाहुबली नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि. भवानी राणा

जनकपुर नाइट्स नेको इन्स्योरेन्स लिमिटेड गणेश लम्साल

काठमाडौं माभरिक्स काठमाडौं माभरिक्स प्रा.लि. साल्भिन कालशंकर

पोखरा लेकर्स फेवा कन्स्ट्रक्सन प्रा.लि. रामचन्द्र कोइराला

बुटवल बुल्स मोराई कर्पोरेसन प्रा.लि. नवीन साह

धनगढी वाइल्डक्याट्स धनगढी वाइल्डक्याट्स प्रा.लि. माधव अग्रवाल

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने