काठमाडौं। नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ।
अजरवैजानको बाकुमा साउन ८ देखि १२ गतेसम्म भएको प्रतियोगिताको महिला ४० केजीमा पूजा खड्का, महिला ५५ केजीमा बविता कार्की र पुरुष ७० केजीमा रोचक भट्टराईले दोहोरो स्वर्ण जितेको टोलीको प्रशिक्षक समेत रहेका नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जनले जनाएका छन्।
त्यस्तै पुरुष ७५ केजीमा सागर विष्ट तथा पुरुष ८५ केजीमा सुदर्शन खतिवडाले समान १–१ स्वर्ण र रजत हात पारे।