शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

हाफ म्याराथनमा खडकबहादुर र सन्तोषी च्याम्पियन

शनिबार, १७ जेठ २०८२खेलपाटी संवाददाता
हाफ म्याराथनमा खडकबहादुर र सन्तोषी च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। १३औं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले शनिबार जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन भएका हुन्। 

खडकबहादुरले १ घन्टा ०६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरेका थिए। धादिङकी सन्तोषीले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी हुन्। खडकले दोस्रो सहभागितामा उपाधि जितेका हुन्। तेस्रो प्रयासमा हाफ म्याराथनमा सन्तोषी विजेता भएकी हुन्।  

खडकलाई निकट प्रतिद्वन्द्वी केन्याका जुलियस मुरिउकी (१ घन्टा ०६ मिनेट ५६ सेकेन्ड) ले कडा टक्कर दिएका थिए। तेस्रो स्थानमा एपीएफका धावकक गोपीचन्द्र पार्की आए। उनले १ घन्टा ०८ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेका थिए। 

गत वर्ष पनि गोपीचन्द्र तेस्रो नै भएका थिए। त्यसपछि छैटौं स्थानसम्म आर्मीका धावक राजन रोकाय, सञ्जय श्रेष्ठ र रामजी बस्नेतले सफलता पाएका थिए। राजनले १ घन्टा ०९ मिनेट ४५ सेकेन्ड, सन्जयले १ घन्टा १० मिनेट ३२ सेकेन्ड र रामजीले १ घन्टा १० मिनेट ५२ सेकेन्डमा दौड पूरा गरे।

सन्तोषीको निकट प्रतिद्वन्द्वीमा आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घन्टा २५ मिनेट ५७ सेकेन्डबाट दोस्रो स्थान हासिल गरिन्। एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन्। उनले १ घन्टा २६ मिनेट ४३ सेकेन्डको टाइमिङ निकालिन्। 

आर्मीकी सिर्जना पाण्डे्य (१ घन्टा ३० मिनेट ५७ सेकेन्ड), भारतकी आशा टीपी (१ घन्टा ३४ मिनेट ०१) र सिन्धुलीकी मन्जु सुनुवार (१ घन्टा ५१ मिनेट ४८) क्रमशः चौथोदेखि छैटौं स्थानमा विजयी भए। मन्जुले गत वर्ष कलेज रनमा तेस्रो स्थान हासिल गरेकी थिइन्।

हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैया“ पुरस्कार जितेका छन्। दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पुरस्कार पाए। 

थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरु भएको थियो। सोही प्रतियोगिताअन्तर्गत ७ किमिको कलेज रनको ब्वाइजतर्फ अजय पाण्डे (२१ मिनेट २४.२२ सेकेन्ड), अमृत विश्वकर्मा (२१ मिनेट ३१.२५ सेकेन्ड), विश्वराम कु“वर (२१ मिनेट ५६.५७ सेकेन्ड) ले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे। 

गल्र्सतर्फ सुसन कार्की लगातार दोस्रो वर्ष पनि विजेता भएकी छन्। उनले २९ मिनेट ०७ सेकेन्डमा दुरी पूरा गरिन्। उनले गत वर्ष पनि २९ मिनेट ५५ सेकेन्डमा दौड जितेकी थिइन्। आयुष्मा आचार्य दोस्रो र मनीषा थापा तेस्रो भए। 

५ किमि कर्पोरेट एन्ड सेलेब रनमा पुरुषतर्फ विकेश घिमिरे १८ मिनेट ३८ सेकेन्डबाट पहिलो भए। रेवत दाहाल (१९ मिनेट १६ सेकेन्ड) दोस्रो र शेरबहादुर थारु (१९ मिनेट २२ सेकेन्ड) तेस्रो भए।

कर्पोरेटको महिलातर्फ रेजिना दुलालले उपाधि जितिन्। उनले २४ मिनेट १० सेकेन्डमा ५ किमि दौड पूरा गरिन्। वालिका केसीले २४ मिनेट ३८ सेकेन्डबाट दोस्रो र कल्पना महर्जन २६ मिनेट २२ सेकेन्डबाट तेस्रो भए। कर्पोरेट र कलेज रनका विजेता खेलाडीले विभिन्न पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए। 

ह्विलचेयरमा प्रेम र ऐश्यर्य विजेता 
३ किमि ह्विलचेयर विधामा प्रेम बिक र ऐश्यर्य कुमाल विजेता भएका छन्। उक्त रेसमा प्रेमले पहिलो पटक उपाधि जित्दा ऐश्यर्व लगातार तेस्रो पटक च्याम्पियन भइन्। पुरुष ह्विलचेयरतर्फ रामकाजी मिजार दोस्रो र साबिक विजेता रमेश खत्री तेस्रो भए। 

महिलातर्फ ऐश्वर्यले यामीकुमारी झा“क्रीमगर र रजनी राईलाई पछाडि पारिन्। यामी दोस्रो र रजनी तेस्रो भए। गत वर्ष पनि यामी र रजनीले सोही स्थान हासिल गरेका थिए। यामी पाँचपटककी विजेता हुन्। ह्विलचेयर रेस विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ जितेका थिए।  

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो