• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इतिहास रच्न आतुर पिएसजी
खेलपाटी संवाददाता
शनिबार, जेठ १८, २०८२ खेलपाटी संवाददाता
इतिहास रच्न आतुर पिएसजी

काठमाडौं। फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) शनिबार म्युनिखमा हुने च्याम्पियन्स लिग फाइनलमार्फत युरोपको सबैभन्दा ठूलो उपाधि जित्ने लक्ष्यमा छ। तर, यो उपलब्धि हासिल गर्न पिएसजीलाई इन्टर मिलानको चुनौती पार गर्नुपर्नेछ।

यो फाइनल दुई टोलीको भिडन्त मात्र होइन, यो दुई फरक फुटबल संस्कृति र टिम निर्माण दर्शनबीचको टक्कर पनि हो। एकातिर युरोपको पुरानो प्रतिष्ठित क्लब इन्टर छ। अर्कातिर राज्य–स्वामित्वमा रहेको आधुनिक सुपर क्लब पिएसजी।

कतारी लगानीकर्ताले सन् २०११ मा स्वामित्व लिएपछि पिएसजीले अर्बौं खर्च गरेको थियो। तर, पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। पिएसजी यो प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेको दोस्रोपल्ट हो।

सन् २०२० मा कोरोना महामारीका बेला लिस्बनमा भएको फाइनलमा बायर्न म्युनिखसँग पिएसजी पराजित भएको थियो। उक्त खेलमा नेयमार जुनियर र केलियन एमबाप्पेजस्ता स्टार खेलाडी थिए।

त्यसपछि लिओनल मेसीजस्ता सुपरस्टार भित्रिए पनि पिएसजीले च्याम्पियन्स लिग जित्ने सपना पूरा गर्न सकेन। अहिले यी तीन जना सुपरस्टारले क्लब छाडिसकेका छन्। तर, प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा युवा टोली (औसत उमेर २४ वर्षमुनि) ले युरोपका उत्कृष्ट क्लबलाई पराजित गर्दै म्युनिखसम्मको यात्रा तय गरेको छ।

उत्कृष्ट पुनरागमन
नोभेम्बरमा म्युनिखमै बायर्नसँग १–० ले पराजित भएपछि पिएसजी समूह चरणमै बाहिरिने खतरा थियो। तर, जनवरीमा गत सिजनका विजेता म्यानचेस्टर सिटीलाई हराउँदै पिएसजी लयमा फर्कियो। त्यसपछि लिभरपुल, एस्टन भिल्ला र आर्सनललाई हराउँदै फाइनलको यात्रा तय गरेको हो।

ओस्मान डेम्बेलेले सबै प्रतियोगितामा ३३ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनलाई देसाइरे डोउ, ब्राडली बारकोला र जनवरीमा भित्र्याएका ख्विचा ख्वारात्स्खेलियाले राम्रो साथ दिएका छन्। इन्टर मिलान पूर्वखेलाडी अफ्रार्च हकिमी र इटालीका नम्बर १ गोलकिपर जियानलुइजी डोन्नारुम्मा पनि उत्कृष्ट लयमा छन्।

‘हामीलाई थाहा छ, हामी कुन प्रकारको फुटबल खेल्न चाहन्छौं। अब त्यो मैदानमा देखाउने बेला आएको छ,’ प्रशिक्षक एनरिकेले भने,‘हामी पेरिसको पहिलो टोली बन्न चाहन्छौं जसले च्याम्पियन्स लिग जितेर इतिहास रच्नेछ।’ यसअघि फ्रेन्च क्लब मार्सेलीले सन् १९९३ मा म्युनिखकै पुरानो ओलम्पिक स्टेडियममा एसी मिलानलाई हराउँदै यो उपाधि जितेको थियो।

इन्टर भने आफ्नो चौथो युरोपियन कप जित्ने लक्ष्यमा छ। सन् १९६० को दशकमा इन्टरले दोहोरो सफलता हात पारेको थियो। सन् २०१० मा जोसे मोरिन्होको नेतृत्वमा मड्रिडमा भएको फाइनलमा बायर्न म्युनिखलाई हराउँदै इन्टरले तेस्रोपल्ट उपाधि जितेको थियो। प्रशिक्षक सिमोने इन्जागीको यो दोस्रो फाइनल हो। दुई वर्षअघि म्यानचेस्टर सिटीसँग फाइनलमा पराजित हुँदा पनि उनी नै प्रशिक्षक थिए।

त्यो रात इस्तानबुलमा मैदान ओर्लिएका आठजना खेलाडी शनिबार पनि सुरुआती टोलीमा हुने अनुमान गरिएको छ। इन्टरले यस सिजन बायर्न म्युनिखलाई क्वार्टरफाइनलमा र बार्सिलोनालाई सेमिफाइनलमा हराएको थियो। विशेषगरी सान सिरोमा भएको दोस्रो लेग ऐतिहासिक खेलमध्ये एक मानिएको छ। उक्त खेलमा इन्टरले पाहुना टोली बार्सिलोनालाई ४–३ ले पाखा लगाएको थियो।

‘हामी साँच्चिकै इतिहास रचना चाहन्छौं भने फाइनल जित्नैपर्छ,’ इन्जागीले भने। सम्भावित सुरुआती टोलीमा ३६ वर्षभन्दा माथिका तीन खेलाडी रहने छन्। इन्टरले ३-५-२ फर्मेसनमा खेल्नेछ। पिएसजी भने ४-३-३ को फर्मेसनमा। इन्जागी भन्छन्, ‘हामीलाई थाहा छ, यो कठिन खेल हुनेछ। तर, पिएसजीजस्तै हामी पनि उपाधिका लागि आएका हौं। हामी उत्कृष्ट प्रदर्शन दिने कोसिस गर्नेछौं।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके
सुपर कपको फाइनलमा पिएसजी र टोटनह्याम भिड्ने
सुपर कपको फाइनलमा पिएसजी र टोटनह्याम भिड्ने
मेसीले लयमा फर्काएको मियामी
मेसीले लयमा फर्काएको मियामी
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !
पिएसजीको लामो प्रतीक्षा समाप्त
पिएसजीको लामो प्रतीक्षा समाप्त
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
हिमेशको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
हिमेशको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP