एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने
शनिबार, कार्तिक ३०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार पहिलो संस्करणको पुरस्कार राशिलाई यसपल्ट पनि निरन्तरता दिइएको हो।
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ पाएको थियो। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझाएको थियो। त्यस्तै, तेस्रो स्थान हासिल गरेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ हात पारेको थियो।












