सोमबार, १८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

शनिबार, २९ कार्तिक २०८२खेलपाटी संवाददाता
एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान
Loading ad...
mustang rice ad

काठमाडौं। केबी साम नेपाल कबड्डी लिग (एनकेएल) ले वुमेन्स कबड्डी वल्र्डकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेलसामाग्री प्रदान गरेको छ ।

वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ जानुअघि नेपाली टिमलाई केबी साम एनकेएलले ट्रयाकसुट, ब्याग, सुजलगायत खेल सामाग्री प्रदान गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले टिम कप्तान मानमती विष्टसहित सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक र व्यवस्थापकलगायत १७ जनालाई हस्तान्तरण गरेका हुन् ।

नेपाली टिममा कप्तान मानमती, उपकप्तान जयन्ती बडु, मेनुका कुमारी राजवंशी, रबिना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारु, सृजना धानुक, मनिषा जोशी, उरुषा शाक्य, आश्मा यादव, विनिता पञ्डित क्षत्री र सन्जु थामी छन् ।

मुख्य प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा र व्यवस्थापक शरद दर्शनधारीले टिम सम्हाल्नेछन् । त्यस्तै, रमेशचन्द्र ओझाले पनि निर्णायकको भूमिकामा बंगलादेश यात्रा गर्दैछन् ।

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो ।

अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।

पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् । सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय