शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

शनिबार, कार्तिक ३०, २०८२खेलपाटी संवाददाता
एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान
Classic Tech Internet Ad

काठमाडौं। केबी साम नेपाल कबड्डी लिग (एनकेएल) ले वुमेन्स कबड्डी वल्र्डकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेलसामाग्री प्रदान गरेको छ ।

वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ जानुअघि नेपाली टिमलाई केबी साम एनकेएलले ट्रयाकसुट, ब्याग, सुजलगायत खेल सामाग्री प्रदान गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले टिम कप्तान मानमती विष्टसहित सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक र व्यवस्थापकलगायत १७ जनालाई हस्तान्तरण गरेका हुन् ।

नेपाली टिममा कप्तान मानमती, उपकप्तान जयन्ती बडु, मेनुका कुमारी राजवंशी, रबिना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारु, सृजना धानुक, मनिषा जोशी, उरुषा शाक्य, आश्मा यादव, विनिता पञ्डित क्षत्री र सन्जु थामी छन् ।

मुख्य प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा र व्यवस्थापक शरद दर्शनधारीले टिम सम्हाल्नेछन् । त्यस्तै, रमेशचन्द्र ओझाले पनि निर्णायकको भूमिकामा बंगलादेश यात्रा गर्दैछन् ।

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो ।

अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।

पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् । सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

Bajaj Pulsar Motorcycle Ad
एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई