चार जना प्रशिक्षकको विदाई
शुक्रबार, कार्तिक २९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ५८ बर्षे उमेरहदका कारण सेवा निवृत्त भएका प्रशिक्षकहरुको सुखद जीवनको शुभकामना दिए।
हक्की मुख्य प्रशिक्षक रन्जन थापा, तेक्वान्दो प्रशिक्षक राजेश प्रजापति, भलिबल प्रशिक्षक महेश महर्जन र कराते प्रशिक्षक सन्जय जोशीलाई परिषद्मा एक कार्यक्रम आयोजना गरि विदाई गरिएको हो । रन्जन थापा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।













