भारतका सूर्यवंशीको सनसनी शतक

काठमाडौं । एशिया कप राइजिङ स्टार्स टी–२० प्रतियोगितामा भारत ‘ए’ ले संयुक्त अरब इमिराट्समाथि दर्ता गरेको जितमा युवा खेलाडी वैभव सूर्यवंशीले मात्र ४२ बलमा १४४ रन प्रहार गर्दै सनसनी मच्चाएका छन् ।
१४ वर्षीय सूर्यवंशी यस वर्षको सुरुवातमा इंडियन प्रिमियर लिग (आईपीएल) मा सबैभन्दा कान्छो खेलाडी र शतककर्ता बन्दै चर्चामा आएका थिए । उनले दोहामा भएको खेलमा ३२ बलमै शतक प्रहार गर्दै आफ्नो क्षमताको बलियो छाप छाडे ।
यो पुरुष टी–२० क्रिकेटमा संयुक्त रूपमा पाँचौं सबैभन्दा छिटो शतक मानिन्छ ।
उनले प्रहार गरेको दोस्रो टी–२० शतकमा ११ चौका र १५ छक्का समावेश थियो, जसको बलमा भारत ‘ए’ ले पहिलो इनिङ्मा ४ विकेट गुमाएर २९७ रनको विशाल स्कोर खडा ग¥यो । त्यसपछि भारत ‘ए’ ले सो खेलमा १४८ रनको जित निकाल्यो ।
सूर्यवंशीले यसअघि जुलाईमा इंग्ल्यान्डविरुद्धको खेलमा युवा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५२ बलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए ।
यसअघि अप्रिलमा, राजस्थान रोयल्सका लागि खेल्दै उनले आफ्नो तेस्रो आईपीएल खेलमै ३५ बलमा शतक प्रहार गरेका थिए, जसले उनलाई पुरुष टी–२० क्रिकेट इतिहासकै सबैभन्दा कान्छो शतककर्ता बनायो ।














