फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो
शुक्रबार, २८ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं । एभरेस्ट वुमन्स महिला भलिबल लिगको समूह चरणको अन्तिम खेलमा कर्णालीले ललितपुरलाई हराएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–१ को सेटमा हराएको हो ।
अपराजित कर्णालीलाई पहिलो सेटमा १७–२५ ले हराउँदै ललितपुरले राम्रो सुरुवात गरेको थियो । तर लगातार तीन सेटमा जित निकाल्दै कर्णालीले खेलमा पुनरागमन गर्यो ।
दोस्रो सेट २६–२४, तेस्रो सेट २५–२३ र चौथों सेट २७–२५ को जित निकाल्दै कर्णाली अपराजित रहदै फाइनल पुग्यो ।
जेन जी आन्दोलनले प्रभावित बनेको लिगको बाँकी खेल काठमाडौंमा सुरु गरिएको हो ।
फाइनल खेल शनिबार हुनेछ भने फाइनलमा लिग चरणका शीर्ष दुई टिम कर्णाली र ललितपुरनै भिड्नेछन् ।











%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)

