नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

काठमाडौं। दक्षिण एसियाली फुटबलमा यस्ता दृश्य निकै दुर्लभ देखिन्छन्। युरोपेली मैदानमा क्रिस्टियानो रोनाल्डो वा ज्लाटन इब्राहिमोभिचजस्ता स्टारहरूबाट देखिने ‘बाइसिकल किक’ यो क्षेत्रमा प्रायः कल्पनाभन्दा बाहिर लाग्छ।
तर, यही कठिन किकमार्फत शुक्रबार नेपालविरुद्ध बंगलादेशका हम्जा चौधरीले एक अद्भुत गोल भयो। उक्त गोल विश्व फुटबलमै चर्चामा रह्यो।
उनको उड्दै गरेको यो क्षण विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नजरमा पनि पर्यो। त्यसैले फिफाले आफ्नो आधिकारिक पेजमै चौधरीका दुई तस्वीर पोस्ट गर्दै लेखर्को छ,‘फ्लाइङ हम्जा।’ साथमा बंगलादेशको झण्डासम्मेत राखिएको छ।
इङ्लिस प्रिमियर लिग खेलिसकेका हम्जाले पछिल्ला केही वर्षमै बंगलादेशी फुटबलको रूपै बदलिदिएका छन्। भारतसँगको महत्त्वपूर्ण खेलअगाडि नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा युरोपेली शैलीको बाइसिकल किकमार्फत गोल गर्दै उनले फेरि आफ्नो क्षमताको प्रमाण गरेका छन्।

राष्ट्रिय रंगशालामा गरेको त्यही गोलका तस्वीर अहिले बंगलादेशी फुटबलकै प्रतीकझैँ बनिहरेको छ। त्यसैले होला फिफाले समेत सार्वजनिक गरेको छ। दोस्रो हाफको सुरुआतमै कप्तान जमल भुइँयाले पेनाल्टी बक्सनजिकबाट दिएको फितलो पासलाई हम्जाले सिक्स यार्ड बक्सनजिकबाट सहजै गोलमा परिणत गरे।
उक्त बल आइपुग्दा नेपाली डिफेन्डरले मात्र होइन, माल्दिभ्स, भारत हुँदै बंगलादेश लिग खेल्न पुगेका नेपाली टोलीका कप्तान किरण चेम्जोङले समेत ठम्याउन सकेनन्। उनले नै त्यसको तीन मिनेटपछि पेनाल्टी दोस्रो गोल गरेका थिए।
योसँगै बंगलादेशको जर्सीमा उनको गोल संख्या ६ मा पुगेको छ। ती दुई गोलका बाबजुद बंगलादेश अन्तिम समयसम्म सम्हालिन सकेन। इन्ज्युरी समयको तेस्रो मिनेटमा अनन्त तामाङले कर्नरबाट आएको बललाई ब्याक किकमार्फत गोल गर्दा खेल २–२ को बराबरीमा सकियो।
तर, हम्जाको असाधारण गोलपछि सामाजिक सञ्जालमा प्रशंसाको ओइरो लागिरहेको छ। फिफाले समेत उनलाई लिएर पोस्ट गरेपछि बंगलादेशी समदर्शक यो बराबरीलाई बिर्सिएर झन् खुसी भइरहेका छन्।











