काठमाडौं। ‘लाङटाङ ट्रेल रन' जेठ २४ गते हुने भएको छ।
क्याजिन भ्यालीबाट ट्रेल रन सुरूआत गर्न लागिएको हो।
क्याजिन गुम्बा तीन हजार ८४० मिटरबाट स्याफ्रुबेसीसम्म ३२ किलोमिटर दौड आयोजना गरिने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।
यसमा स्वदेशी तथा विदेशी गरी एक सय जना खेलाडीको सहभागिता हुने उनले बताए।
महिला र पुरुषलाई छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ। यसमा पहिलो हुनेले एक लाख रूपैयाँ प्राप्त गर्नेछन्।
दोस्रोले ७५, तेस्रोले ५०, चौथोले २५ र पाँचौंले १५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।