• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
कहाँ अड्कियो आठौँ राष्ट्रिय खेलुकदको हलो ?
हिम बिक्रम केसी
आइतबार, माघ १३, २०७५ हिम बिक्रम केसी
कहाँ अड्कियो आठौँ राष्ट्रिय खेलुकदको हलो ?

काठमाडौं । माघ ६ गते बिहानै उनी राझा विमानस्थल ओर्लिए । लगत्तै नेपालगञ्ज रंगशालातिर सोझिए । मौसम खुलि सकेको थिएन, उनी निरिक्षणमा उत्रिसकेका थिए । उनी अर्थात राखेप सदस्य सचिव केशवकुमार विष्ट महिनाको चौथो पटक नेपालगञ्ज भ्रमणमा थिए ।

नेपालगञ्ज यति बेला आठौँ राष्ट्रिय खेलकुदको चटारोमा छ । मितिको टुङ्गो छैन, तर सदस्य सचिव केशवकुमार विष्टको दौड धुप निकै बढेको छ । बिहान ९ बजे नेपालगञ्ज ओर्लिएका सदस्य सचिव विष्टले पुरै दिन रंगशाला परिसरमै बिताएका थिए । रंगशाला परिसरमा बन्न लागेका विभिन्न खेलका पुर्वाधारको निरिक्षण गर्दै निर्देशन दिदै उनी पुरा दिन व्यस्त भए ।

घरेलु खेलकुदको ओलम्पिक मानिने राष्ट्रिय खेलकुदको आठौँ संस्करण कहिले सुरु हुने टुङ्गो छैन, तर सदस्य सचिव विष्ट निर्धारित मितिमै प्रतियोगिता हुन्छ भन्न छाडेका छ्रैनन् । न उनी बोल्न छाडेका छन्, न त काममा रोकिएका छन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा सदस्य सचिव विष्टको सक्रियताले धेरैलाई ‘जिल’ खुवाई दिएको छ ।

‘हेर्दा बढी खटेको देखिन्छ, तर हैन । जति आवश्यक छ, त्यति मात्र खेटेको हो ।’ नेपालगञ्जबाट फर्किए लगत्तै त्रिपुरेश्वरस्थित कार्यकक्षमा सदस्य सचिव विष्टले भने, ‘दौड धुप र क्रियाशिलता आठौँसंग मात्र सम्बन्धित छैन । यो मेरो काम गर्ने स्वभाव र शैलीनै हो ।’

खेलकुदलाई स्वर्ण युग बनाउने उद्घोष सहित राखेपको बागडोर समाल्न आएका सदस्य सचिव विष्टलाई आठौँ राष्ट्रिय खेलकुद फागुनको सुरु गर्नुपर्ने बाध्यता छ । चैतमा नेपालगञ्जमा गर्मी चढ्न थालिहाल्छ । बैशाख, जेठको झरीमा प्रतियोगिता सम्भव छैन ।

असारमा चार बर्षे कार्यकाल पुरा गरेर निस्कदै गर्दा सदस्य सचिव विष्ट आफ्नो कार्यकालमा नियमित राष्ट्रिय प्रतियोगिता भएको देख्न चाहन्छन् ।

‘कसैले ईतिहास लेख्न दुई बर्षमा गर्न खोज्यो भनेका छन् । नकारात्मक ढङ्गले हेर्दा त्यसो देखिएला । तर यो मेरो कर्तब्य हो । दुई बर्षमा गर्नुपर्ने प्रतियोगिता २ बर्षमा गर्न खोजेको हुँ ।’ प्रष्टिकरणको भाषामा विष्टले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगिता दुई बर्षमै आयोजना गर्ने तिथी बसाऔँ र समयमै गरौ भन्ने उद्वेश्य हो ।’

नेपालगञ्ज रंगशालाले यति बेला सम्पुर्ण खेल पदाधिकारीको ध्यान खिचेको छ ।

कारण, यही रंगशालामा प्रतियोगिताको उद्घाटन हुनेछ, सम्भवत समापन पनि ।

आठौँको नयाँ मिति तोक्न किन ढिलाई भएको छ त ?

कारण, भिआईपी प्याराफिट कहिलेसम्म बन्छ, त्यसको टुङ्गो छैन ।

तयारी अवस्थाको प्याराफिट चीनबाट नेपाल हिडिसकेको छ । पहिलो लटको सामान कोलकत्ता हुँदै माघ २४ नेपाल आईपुग्ने कार्यतालिका छ । दोस्रो लटको सामान फागुन १२ मात्र आईपुग्छ ।

मुख्य कुरा, दोस्रो लटको सामान चीनबाट हिडिसकेको छैन ।

यदी निर्धारित मितिमा भिआईपीतर्फको प्याराफिटको सामान नेपाल आएन भने ?

यही प्रश्नले आठौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमा गर्न कस्सिएका सदस्य सचिवलाई सताएको छ ।

सोही कारण प्रतियोगिताको नयाँ मिति तोक्न राखेपको बोर्ड बैठक बस्न सकेको छैन । प्याराफिटतर्फको सामान आउने समयमा प्रतियोगिताको नयाँ मिति निर्भर छ ।

‘कम्पनीले समयमा पठाएन भने धोका हुन सक्छ । विदेशी कम्पनी हो, सम्झौता अनुसार चलेका छन् । भनेको समयमा सामान आएमा फागुनको १५ सम्म फिट गर्न सक्छौ । ठेकेदारले मिति दिएको छ । निर्धारित मितिमा पठाएन भन्ने समस्या हुने हो ।’ विष्ट आठौँको खड्को खुलाउँछन् ।

भिआईपीतर्फको प्याराफिटको सामान निर्धारित समयमा नेपालगञ्ज आईपुगे फागुनको २५ मा आठौँको उद्घाटन गर्ने तयारी छ ।

‘पहिला रंगशाला बन्दैन भन्दै थिए । अलि प्रगति भएपछि भिआईपीतर्फ सरेका छन् । प्याराफिट हामीले बनाउने हैन । मात्र फिटिङ गर्ने हो ।’ विष्ट भन्छन्, ‘फागुन २५ गते उद्घाटन गर्ने लक्ष्य हो । मिति बोर्डले तोक्छ । सोही योजनाका साथ अघि बढेका छौ ।’

२०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद नियमित छैन । घरेलु राजनीति र खेलकुदभित्रको दाउपेचको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्दै आएको छ । हिसाबै गर्दा यतिबेला २० औ संस्करणको तयारी सुरु हुनु पर्ने हो, तर वर्तमान नेपाली खेलकुद आठौँको अनिश्चयको भुमरीमा फसेको छ ।

आठौँको नयाँ मितिको बिषयमा राखेप भित्रबाटै फरक मत बाहिर आएका छन् ।

सदस्य सचिव फागुन भित्र प्रतियोगिता हुने अठोट गर्छन्, राखेपका उपाध्यक्ष पुर्वाधारको अवस्था हेर्दा यसबर्ष प्रतियोगिता गर्न नसकिने राय दिन्छन् ।

राखेप भित्रका दुई पदाधिकारीको फरक मतले आठौँमा राजनीतिक छिरेको बुझ्न कठिन हुदैन ।

तर सदस्य सचिवयसलाई ठाडै अस्विकार गर्छन् ।

‘हामी सबै एक ढिक्का छौ । बोर्डले निर्णय गरेको छ । जिल्ला छनोट भईसक्यो । प्रदेशको तालिका गईसक्यो । बजेट पास भएको अवस्था छ । मनमा के छ, काने खुसीमा के भयो भन्ने कुराले कुनै सरोकार राख्दैन ।’ विष्ट प्रष्ट्याउछन्, ‘बाहिर आएका कुराले निर्णय र योजनामा केही फरक पारेको छैन । अझ चनाखो बनाएको छ । चुनौतीलाई सामना गर्न अझ जोश पलाएको छ । एक खालको अठोट पलाएको छ ।’

कार्यकालको अन्तिम समय तिर रहेका सदस्य सचिव विष्टलाई अलि दबाब समेत छ । बिदा हुन लागेको मान्छेलाई अटेर गर्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने नेपाली समाज र राजनीतिको चरित्रनै हो ।

‘सदस्य सचिव अघिल्लो दिन हजुर हजुर भन्ने, भोली पल्ट गाडीको चाँबी खोस्ने घटना देखिएकै हो । जाने बेला अटेर गर्ने, अमर्यादित ढङ्गले प्रस्तुत हुने घटना देखिन्छ ।’ विष्ट भन्छन् ‘तर मैले बिदा लिएपनि सदस्य सचिवको कुर्सीबाट मात्र हो, खेलकुदबाट होईन ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP