आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

नेपालले आक्रमक फुटबल खेल्नेछ : हरि खड्का (अन्तरवार्ता)

आइतबार, माघ १३, २०७५नमीन ढकाल
नेपालले आक्रमक फुटबल खेल्नेछ : हरि खड्का (अन्तरवार्ता)
Classic Tech Internet Ad

काठमाडौं । चौथो संस्करणको महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुदैछ । फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा हुने प्रतियोगिताको तयारीमा नेपाली टिम व्यस्त छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फाको कृतिम मैदानमा नेपाली टिमले अहिले तयारी गरिरहेको छ । महिला साफ नेपालले पहिलो पटक आयोजना गर्न लागेको हो । आयोजक नेपाल समूह 'ए'मा छ ।

नेपाल रहेको समूहमा भुटान पाकिस्तान र बंगलादेश छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटान, दोस्रोमा पाकिस्तान र तेस्रोमा बंगलादेशसंग खेल्नेछ ।

मुख्य प्रशिक्षक हरि खड्काले २३ सदस्यीय महिला टिमको घोषणा समेत गरिसकेका छन् । यही टिमबाट अन्तिम २० सदस्यीय टोलीको छनोट हुनेछ । त्यस अगाडी नेपालले भारतमा एक अन्तराष्ट्रिय प्रतियोगिता र थाईल्याण्ड लगायतका देशमा केही मैत्रिपुर्ण खेल खेल्नेछ ।

घरेलु मैदानमा हुन लागेको साफलाई आयोजना र उपाधिको हिसाबले सफलतापुर्वक सम्पन्न गर्ने नेपालले लक्ष्य लिएको छ । भर्खरै नेपाल ओलम्पिकको प्रारम्भिक छनोट खेलेर फर्किएको छ । छनोट खेलमा नेपालले गरेको प्रर्दशनले मुख्य प्रशिक्षक हरि खड्का उत्साहित छन् ।

साफको तयारीमा व्यस्त रहेका मुख्य प्रशिक्षक खड्कासंग साफमा नेपालमा लक्ष्य र तयारीका बिषयमा खेलापाटीका रमेश सुबेदीले कुराकानी गरेका छन् ।

साफको तयारी कस्तो भईरहेको छ ?

समय राम्रो पाएको छौ । सुरुवातबाट ३४ खेलाडी क्याम्पमा राखेर अभ्यास सुरु गर्यौ । चार हप्ताको ‘स्ट्रेन्थ’ ट्रेनिङ सकिएको छ । तयारीमा रहदाँ भारतमा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न गईरहेका छौ । अबको तयारी टेक्निकल रुपमा हुनेछ । ओलम्पिक छनोटका देखिएको कमजोरी सुधार गर्ने कोशिश गरिरहेको छु ।


साफमा नेपालको मुख्य लक्ष्य के हुनेछ ?

कुनै पनि टिम प्रतियोगितामा सहभागी भएपछि उपाधि जित्ने लक्ष्य राख्छ । प्रशिक्षकले समेत टिमको जिम्मेवारी लिएपछि उपाधिनै चाहन्छ । हामीले सोही अनुसार काम गरिरहेका छौँ ।

खेलाडीले सोही अनुसार तयारी र मेहनत गरिरहेको छन् । घरेलु मैदानमा प्रतियोगिता हुने भएकाले हामीलाई केही सुविधा समेत छ । तर खेलाडीले घरेलु मैदानमा समर्थकबाट कत्तिको दबाब महशुश गर्छन् भन्ने नै मुख्य चुनौती हो । सबै मैले सिकाईरहेको छु । पहिलो पटक साफ नेपालमा हुँदैछ । खेलाडीको मेहनतले राम्रो नतिजा ल्याउँछ जस्तो लाग्छ ।

घरेलु भुमिमा नेपालले उपाधि जित्ने सम्भावना कति छ ?

सम्भावना पहिले देखिनै हो । साफ जहिलेबाट खेल्यौ, त्यही समयबाट च्याम्पियन बन्ने सम्भावना हो । भारतले दक्षिण एसियामा एकछत्र राज गर्दै आएको छ । भारत टेक्निकल र ट्याक्टिकल नेपाल भन्दा माथिको टिम हो । अहिले बंगलादेश माथि आईरहेको छ ।

तर,जसरी हामीले म्यानमारमा प्रदर्शन गर्याै, सम्भावना बढेको देखेको छु । म्यानमारमा हामीले भारतलाई दबाबमै राखेका खेलेका हौ । खेलाडीले जस्तो प्रदर्शन गरे, म एकदमै आशाबादी छु ।

साफ राष्ट्रमा नेपाली महिला फुटबलको स्तर कस्तो हो ?

भारत हामी भन्दा माथि छ । तर नेपालको महिला टिम सुधारिएको देख्छु । बंगलादेश पनि बिस्तारै माथि आईरहेको छ । साफमा नेपाल भारत र बंगलादेशकै राम्रो स्थिती छ ।

साफमा नेपालको मुख्य तगारो भारत बन्दै आएको छ । यसपटक भारतलाई हराउने हाम्रो योजना के हुनेछ ?

फुटबलमा जबसम्म गोल गरिदैन, तबसम्म जितिदैन । नहार्नलाई गोल गर्नुहुन्न भन्ने दुबै पक्ष छ । फरवार्ड लाईनबाट आएको खेलाडी र प्रशिक्षकको हिसाबमा आक्रमक फुटबलमा बिश्वास गर्छु । टिम हेरेर रणनीति बनाउनेछु ।

पछिल्लो समय हामीले भारतविरुद्व आक्रमक फुटबल खेल्यौ । त्यसमा हामीले तीन अवसर समेत पाएका थियौ । हामी दबाबमा आएर खेल्ने छैनौ । हाम्रो सबल पक्षलाई सदुपयोग गर्दै खेल्नेछौ ।

पछिल्ला समय नेपाली महिला फुटबलले प्राप्त गरेको सफलताले साफमा कस्तो प्रभाव पार्ला ?

आत्मविश्वासको बिषय प्रधान बनेर आउँछ । म्यानमारमा भारतसंग खेल्नु अगाडी जस्तो आत्मविश्वासको कमी देखेका थिए । हामीले आत्मविश्वास जोगाउने कोशिश गर्यौ । नतिजा हाम्रा अगाडी देखिन्छ । खेलाडीले जसरी खेले, त्यसले आत्मविश्वास भरिदिएको छ । त्यही हाम्रो राम्रो पक्ष हो जस्तो लाग्छ । पटक पटक भारतसंग निरास हुदाँ जुन मनोभाव खेलाडीमा थियो, उनीहरु त्यसबाट बाहिर आएका छन् । यसले नतिजामा पक्कै प्रभाव पार्नेछ ।

महिला टिमको पहिलो पटक नेतृत्व गर्नुभएको छ । ओलम्पिकको पहिलो चरणको छनोटमा सफल हुनुभएको छ । साफको दबाब कत्तिको छ ?

दबाब अवश्य नै हुन्छ । टिमलाई पहिलो बनाउन एकदमै दबाब हुन्छ । अझ घरेलु मैदानमा प्रतियोगिता आयोजना हुदैछ । म्यानमारबाट आएपछि नेपालको आश पलाएको छ ।

नेपाली महिला टिमले केही गर्छ भन्ने आश पलाएको छ । त्यही आशलाई कायम राखेर मेहेनत समेत गरिरहेका छौ । अब राम्रो नतिजाको आश गर्न सक्छौ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक