फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो सार्वजनिक
मंगलबार, ०९ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग प्रतियोगिताको लोगो र नारा सार्वजनिक गरिएको छ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नामक नाराको अनावरण गरे।
उक्त प्रतियोगिताकोे सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ। पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच यसअघि नै सात वर्षका लागि सम्झौता भएको थियो।
कार्यक्रममा श्रीलंका आयोजना भएको काभा यु–२० पुरुष भलिबलको रजत विजेता नेपाली यु–२० राष्ट्रिय टोलीलाई सम्मानसमेत गरिएको छ।









-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)