काठमाडौं। दोस्रो एनआरएनए इलाम गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले चुमेको छ। प्रथम इलाम गोल्डकपको विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधि पनि हात पारेको हो।
रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न भएको फाइनलमा एनआरटीले ३–० गोलअन्तरले लिग विजेता चर्च बोइजलाई पराजित गरेको हो। एनआरटीले सेमिफाइनलमा रेडस्टार झापालाई पराजित गरेको थियो भने चर्च बोइजले आयोजक रेडहर्सलाई हराएको थियो।
उपाधिसँगै एनआरटीले १० लाख पुस्कार हात पारेको छ। उपविजेता चर्च बोइजले पाँच लाख प्राप्त गरेको छ।