काठमाडौं। थाइल्यान्ड एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।
एसिया छनोटको ‘सुपर थ्री’मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले आफ्नो स्थान सुरक्षित गरेको हो। थाइल्यान्डले आठ अंक पुर्याएको छ।
दुई खेल खेल्न बाँकी नेपालको पाँच र युएईको ६ अंक छ। नेपालले सोमबार युएईसँग पहिलो खेल खेल्ने छ। यो खेलमा जित हासिल गरे नेपाल ग्लोबलमा पुग्नेछ। पराजित भए प्रतियोगिताबाट बाहिरिने छ।
थाइल्यान्ड समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै ‘सुपर थ्री’मा प्रवेश गरेको हो। युएई समूह ‘बी’ र नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा रहेका थिए। समूह चरणमा हासिल गरेको अंक नै ‘सुपर थ्री’ मा जोडिने प्रावधान छ। सोही अनुसार नेपालले पाँच अंकसहित ‘सुपर थ्री’को अंक तालिकामा पुछारमा रहेको थियो।
नोट : थाइल्यान्ड ग्लोबल छनोटमा हुनुपर्नेमा विश्वकपमा भएकोले सच्याइएको छ। सम्पादक